मनोरञ्जन

सुन्दर योन्जन तामाङको “ह्याङ्ला ताम्सालिङ”को लिरिकल भिडियो विमोचितसहित सार्वजनिक (भिडियो)

इजरायल – तेल अविव । गत ३० अक्टोबर २०२३ का दिन ताम्सालिंग  प्राप्तिको लागी तामाङ जागरण गीत “ह्याङ्ला ताम्सालिङ”को लिरिकल भिडियो एक जुम अनलाइन समारोह मार्फत विमोचन गरिएको छ ।

नेपाल तामाङ घेदुङ इजराइलद्वारा निर्मित “ह्याङ्ला ताम्सालिङ”का गीतकार हुन् इजरायलमा कार्यरत सुन्दरसिंह योन्जन तामाङ ।

ताम्सालीङ संघर्ष समितिका अध्यक्ष डा.गणेश योन्जन तामाङको प्रमुख आथित्यमा सम्पन्न उक्त विमोचन कार्यक्रममा मोहोन गोले तामाङ,नेफिन इजरायलका अध्क्षय कुमार अवि लिम्बु र विशाल काल्तन तामाङ विशिष्ट अतिथिहरुको रुपमा रहेका थिए ।

जुम अनलाइन मार्फत प्रमुख अथिति डा.गणेश योन्जन तामाङ र विशिष्ट अथितिहरुले संयुक्तरुपमा विमोचन गरेका थिए ।

विश्व दोङ तामाङको संगीत रहेको उक्त ‘ह्याङ्ला ताम्सालिङ’ गीतमा झन्डै १८ जना गायकगायिकाले आ-आफ्नो स्वर दिएका छन् । स्वर दिने गायकगायिकाहरु इन्दिरा गोले तामाङ, रोज मोक्तान तामाङ, जमुना योन्जन तामाङ, सन्जीब वाइबा तामाङ, विश्व दोङ तामाङ, विशाल कल्तान तामाङ, निर्मला घिसिङ तामाङ, जितु लोप्चन तामाङ, फुलकुमार बम्जन तामाङ, सुमिना लो तामाङ, जीवन बम्जन तामाङ, बैरागी मोक्तान तामाङ, रेश्म बम्जन तामाङ, खेम मोक्तान तामाङ, लक्ष्मी स्याङ्तान तामाङ, प्रदीप लामा तामाङ, अन्जु थोकर तामाङ, सारा लामा तामाङ र अर्पण थिङ तामाङ रहेका छन् ।

गीतकार सुन्दरसिंह योन्जन तामाङले सन् २०११ मा ताम्सालीङ गीत “एलै ताम्सालीङ,ङालै ताम्सालीङ” पनि रचना गरेका छन् जुन उनको पहिलो गीत पनि हो ।

हेर्नुहोस पहिचानसहितको अधिकार प्राप्ति आन्दोलनको लागि लागिपरेका इजरायलमा कार्यरत सुन्दरसिंह योन्जन तामाङद्वारा रचित् लिरिकल भिडियो यस्तो छ

Related Articles

Leave a Reply

Back to top button