अमिताभ बच्चन र अभिषेक दुवैलाई कोरोना संक्रमण

एजेन्सी ।  भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेख बच्चन दुवैलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको छ।

अमिताभ र अभिषेख बच्चन दुवै जनाले आफूहरुलाई कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको ट्विटरबाट सार्वजनिक गरेका छन्।

शनिबार बेलुका पहिले अमिताभ बच्चनलाई पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए।

अमिताभ बच्चनले आफ्नो परिवारका सदस्य र स्टाफहरुको परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको बताएका थिए भने आफूसँग नजिकको सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

त्यसलगत्तै अभिषेखले आफूलाई पनि संक्रमण पुष्टि भएको जानकारी ट्विटरबाटै दिएका छन्।

अभिषेखले आफूहरु दुवैजनालाई सामान्य (माइल्ड) लक्षण देखिएको र त्यसका कारण कोही पनि आत्तिनु नपर्ने भन्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन्।

उनीहरुलाई मुम्बईको अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।