राजनीति

धनकुटामा पूर्वप्रधानमन्त्री ओलीको रिहाइको माग गर्दै प्रधानमन्त्री समक्ष जिल्ला प्रशासन कार्यालय मार्फत बुझाइयो ज्ञापन पत्र

नारायण कुमार राई/ धनकुटा,१५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटाले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत् एमालेले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पार्टीले पछिल्ला राजनीतिक घटनाक्रमप्रति आपत्ति जनाउँदै यस्तो माग अघि सारेको हो ।

ज्ञापन पत्रमा हालै सरकारद्वारा गठन गरिएको कथित छानबिन आयोगको प्रतिवेदनलाई आधार बनाएर गरिएको राजनीतिक गतिविधि र त्यसका आधारमा भएका पक्राउ प्रति गम्भीर असहमति जनाइएको छ ।



एमालेले उक्त प्रतिवेदन अपूर्ण, पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको दाबी गर्दै त्यसका आधारमा गरिएको कारबाही लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको उल्लेख गरेको छ ।

पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली लगायतकालाई गैरकानुनी रूपमा राजनैतिक प्रतिशोधमा गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइ गर्न तथा झुटा मुद्दा फिर्ता लिन माग गरिएको छ ।

कथित छानबिन आयोगले पेश गरेको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको दाबी गर्दै उक्त प्रतिवेदन तत्काल खारेज गर्न, निष्पक्ष छानबिनका लागि अधिकार सम्पन्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरिएको छ ।

ग्यापन पत्रमा छानबिन आयोगले पेश गरेको प्रतिवेदनलाई खारेज गर्न भदौ २४ को आन्दोलनका दोषीहरुलाई तुरुन्त कारवाहि गरेर निष्पक्ष छानबिनका लागि अधिकार सम्पन्न स्वतन्त्र आयोग गठन गर्न माग गरिएको छ ।
एमाले धनकुटाका अध्यक्ष शिव आङ्गला लिम्बूको हस्ताक्षरमा जारी उक्त ज्ञापन पत्रमार्फत पार्टीले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गरेर जुलुस एमालेका नेता तथा कार्यकर्ताहरुले केहि बेर प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका थिए । अध्यक्ष आङला सहित सहित एमालेका केन्द्रिय सदस्य तारा तितुङ लगाएतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्कालाई पार्टीको ज्ञापन पत्र बुझाईएको थियो ।

ज्ञापन पत्र बुझदै खड्काले उक्त ज्ञापन पत्र गृह मन्त्रालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी गराउनुभयो ।

Related Articles

Back to top button