आदिवासीसमाचार

आदिवासी जनजाति महासंघको महाधिवेशन सुरु

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।

दुईदिनसम्म चल्ने महाधिवेशनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरे । महाधिवेशनले अध्यक्षसहित २१ जनाको सचिवलय गठन गर्ने महासंघले जनाएको छ ।

उद्घाटनअघि भृकुटीमण्डपबाट प्रज्ञा प्रतिष्ठान कमलादीसम्म आदिवासी जनजाति समुदायका विभिन्न जातीय पोशाकसहितको सांस्कृतिक झाँकीसहितको र्‍याली आयोजना गरिएको थियो ।

महाधिवेशनको मूल नारा ‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानका आधारमा प्रदेशहरूको पुनः नामांकन गर’ तय गरिएको छ ।

२०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो । महासंघले आदिवासी जनजातिहरूको सामूहिक अधिकार, प्राकृतिक स्रोतमा अग्राधिकार, पहिचान, भूमिअधिकार तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा निरन्तर आवाज उठाउँदै आएको छ ।- हिमालयन टेलिभ्वाइस

Related Articles

Back to top button