समाचार

पत्रकार महासंघ धनकुटाको ३३ औ स्थापना दिवसमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

नारायण कुमार राई/धनकुटा,१३ पुष । नेपाल पत्रकार महासंघ धनकुटाले आफ्नो ३३ औ स्थापना दिवसको अवसरमा श्रीपन्चमी पार्कमा रहेका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ ।

महासंघले मदन आश्रितद्वारा सन्चालित आश्रमका १३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । बिद्यार्थीहरुलाई महासंघका सस्थापक अध्यक्ष सन्जय सन्तोसी राई,अध्यक्ष बिदुर खवास,मदन आश्रितका सस्थापक अध्यक्ष गोपाल गुरागाई लगाएतले सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा महासंघका सस्थापक सदस्य तथा पुर्ब अध्यक्ष बिजय सन्तोसी राई,पुर्ब अध्यक्षहरु राजेस्वर बहादुर श्रेष्ठ,नगेन्द्र राई तथा सल्लाहाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

बालबालिकाको अध्यापनमा सहयोग पुर्याउने उदेश्यले शैक्षिक सामाग्री बितरण गरिएको महासंघका अध्यक्ष खवासले जानकारी दिनुभयो ।

स्थापना दिवसका अबसरमा आज बेलुकी महासंघ को कार्यलयमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ ।

Related Articles

Back to top button