बक्सिङ संघ धनकुटाद्वारा २ बिरामीलाई आर्थिक सहयोग

नारायण कुमार राई/धनकुटा,७ पुस । बक्सिङ संघ धनकुटाले जिल्लाका मृगौला रोग पिंडित र ब्लड क्यानसरको बिरामीलाई आर्थिक हयोग गरेको छ ।
संघले आज पत्रकार सम्मेलन गरेर मृगौला रोग पिंडित धनकुटा नगरपालिका वडा नं.८ का चौतिसलाल आठपहरिया राई र चौबिसे गाउँपालिका वडा नं. ७ का ब्लड क्यान्सर पिंडित जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो ।
आठपहरियालाई नगद रु १ लाख १८ हजार ४ सय ७० र चेम्जोङलाई नगद ३० हजार सहयोग गरेको हो ।
पिंडितहरुलाई संघका काय्र्रवाहक अध्यक्ष हेमचन्द्र राई ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास लगाएतले रकम हस्तान्तरण गर्नुभएको थियो ।
संघले मंसिर २५ देखि पुस ५ सम्म धनकुटाको बसपार्कमा आयोजित कल्चरल म्युजिक तथा साँस्कृतिक कार्यक्रम गरेर उक्त रकम संकलन गरेको हो ।
कार्यक्रमको आम्दनी मार्फत् संघले धनकुटाको श्रीपञ्चमी पार्कमा रहेका अनाथ बालबालिकाहरुलाई २२ हजार सहयोग , बसपार्कमा ४५ हजार बराबरको सिसि क्यामेरा जडान र १८ हजार बराबरको खेल सामाग्री बितरण गरेको संंघका सचिव रोसन राईले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन मार्फत् संघले मेला ब्यबस्थानमा सहयोग गरी आर्थिक संकलनमा सहयोग पु¥याएका ब्यबस्थापक अनुप राई र सह ब्यबस्थापक करन राई र सुमन पाँचकोटीलाई धन्यवाद ज्ञापन गरेको छ ।




