समाचार

पत्रकार अनुप लिम्बु नियन्त्रणमा

केबुलकार पक्षबाट क्यामेरा समेत लुटपाट

२१ फेब्रुअरी, नाम्जङ(ताप्लेजुङ) । गाेल्डेन टेलिभिजनका सम्पादक पत्रकार अनुप लिम्बुलाई केबुलकार पक्षकाे नियन्त्रणमा परेका छन् । उनलाई ‘अपहरण शैली’ मा विपक्षीले नियन्त्रणमा लिएको आन्दोलनकर्मीहरूले आराेप लगाएका छन् ।

सेमुक्तुगाेक्/मुक्तिफाेमाङ/मुक्कुमलुङ बचाउ आन्दोलनका एक अभियन्ता एवम् पत्रकार निश्चल चेम्जोङले नेपाली समाचारपत्र डटकम लाई जानकारी दिँदै बिहान ९:३० बजे लिम्बुलाई अपहरण गरेको बताए । केबुलकार पक्षले गुण्डागर्दी शैलीमा पत्रकार लिम्बुलाई अपहरण गर्नुका साथै दुई थान क्यामेरा समेत लगेको जनाए ।

क्यामेरा खाेस्दै केबुलकार पक्षका ठेकेदार ।

‘पत्रकारमाथि हात पात गरी केवलकार पक्षहरूले  गोल्डेन टिभी का सम्पाद अनुप लिम्बू लाई समेत अपहरण गरेका छन् । साथै उहाँको क्यामेरा समेत अराजक तरिकाले खोसिएको छ । त्यसैगरी, महाकुलुङ टीभीकाे क्यामेरा समेत धाक धम्की दिई खोसेका छन्,’ चेम्जोङले भने, ‘याे कदमकाे सम्पूर्ण पत्रकार जनमा गम्भीरतापूर्वक ध्यानकार्षण गराउँदछु । पत्रकारहरूमा दादागिरी शैलीमा दुर्ववहार गरिएको छ ।’

अनुप लिम्बुलाई प्रशासनले नियन्त्रणमा लिएको बेला अन्य आन्दोलनकर्मीहरू भने नाम्जङ (बलु डाँडा) क्षेत्रमा रहेका थिए । अघिल्लो दिन सुरक्षाकर्मी र आन्दोलनकारीबीच ठूलो झडप भएको थियोे । मध्यरातमा भने निर्माण स्थल कब्जामा लिनुका साथै निर्माण उपकरण फिर्ता भएको समाचार प्रसारण भएको थियोे ।

Related Articles

Back to top button