युकेमा अध्ययन गर्न आएका विद्यार्थी ठकुरीको निधन

लण्डन, ११ नोभेम्बर, युकेमा अध्ययन गर्न आएका विद्यार्थीको सुतेकै ठाँउमा निधन भएको छ ।
माष्टर्ष पढाई सकेर ग्राजुयसन हुन केही दिन बाँकी हुदा सुतेकै ठाँउमा २६ बर्षिय योमन चन्दको निधन भएको जनाएको छ । मंगलबार राति लण्डन घुमेर आई राति करिब २ बजे तिर ओछ्यान लागेका चन्द बिहान ब्यूझिएनन । चन्द बस्ने कोठा नजिकै बस्ने अर्का विद्यार्थी सुजन साह ठकुरीले बताएका छन । बुधबार साँझ सम्म युके प्रहरीले चेकजाँच गरि मुचुल्का उठाएका छन । के भएर निधन भएको थाह भएन तर गत महिना भिटामिन डि को कमी भएको कारण केही भ्याक्सिन लगाएको जनाएका छन् ।
नेपालको सल्यानमा २९ जनवरी १९९९ मा जन्मेका चन्दको निधन ११ नोभेम्बर २०२५ मा दुखद निधन भएको हो । गत बर्ष हार्डफोर्डसायर युनिभर्सिटीमा कम्युनिकेशन एण्ड इन्फोमेसन इन्जिनियरि अध्ययन गरिरहेका चन्द नर्थ लण्डनमा बस्दै आएका थिए ।
उनको शवलाई नेपालमा पठाउन बुबाआमाले अनुरोध गरेपनि खर्च लगायतको ब्यवस्थापन गर्न गाह्रो हुने बताईएको छ । गैर आवासीय नेपाली संघ युकेका कार्यबाहक अध्यक्ष अनिल मल्लले निजको अभिभावकबाट अनुमति आएमा एनआरएनएले आर्थिक सहयोग संकलनको लागि पहल गर्ने बताएका छन् । अहिले केही हप्ता अघि निधन भएका अर्का विद्यार्थीको निमित्त आर्थिक सहयोग संकलन कार्य जारी रहेको र त्यसको लगतै शुरु गर्न सकिने अध्यक्ष मल्लले जनाएका छन ।
दुखद घटनामा नेपाली राजदुतावासले दुःख ब्यक्त गरेको छ र शवलाई नेपाल लैजानको लागि दुतावासले जतिसक्दो चाँडो कागजपत्र बनाईदिने बताएको छ ।




