प्रवास

जसपा (नेपाली समाज) अमेरिकाको तेस्रो महाधिवेशन डिसेम्बर ३ मा हुने

न्यूयोर्क,

नेपाली समाज अमेरिकाको तेस्रो महाधिवेशन आगामी डिसेम्बर ३ मा सम्पन्न हुने भएको छ । सेप्टेम्बर २७,२०२३ का दिन नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जनको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

नेपाली समाज अमेरिकाले वर्तमान अवस्थामा नेपाली अमेरिकन समाज र नेपालको पहिचानवादीहरूको आन्दोलनको बारेमा गम्भिर भएर लाग्नु पर्ने बैठकले निष्कर्ष निकालेको छ । सो बैठकमा जसपा नेपालका सल्लाहकार प्रा.डा. महेन्द्र लावती, जसपा नेपालका केन्द्रीय सदस्य तथा प्रवास विशेष समितीका सह-ईन्चार्ज पर्वती थापामगर, जसपा नेपालका संघिय परिषद सदस्य प्रेम कुरूङबाङ साथै नेपाली समाज अमेरिकाका पूर्व महासचिव लोक चेम्जोङले महाधिवेशन तयारीका सन्दर्भ साथै जसपा नेपाल र नेपाली समाज अमेरिका विचको अन्तरसम्बधका बारेमा प्रष्ट पार्दै आगामी दिनमा पार्टीलाई बैचारीक लाईनमा अझ सशक्त बनाउन पहिचानको आन्दोलनलाई सशक्त बनाउन नेतृतवदायी भुमिका निर्वाह गर्दै लानुपर्नेमा जोड दिनुभयो ।

देशभरका सदस्यहरूलाई व्यापक सहभागीता जनाएर भव्यरूपमा महाधिवेशन सम्पन्न गर्न र महाधिवेशनलाई विधिवत रूपमा सम्पन्न गर्न पार्वती थापामगरको संयोजकत्वमा निर्वाचन समिती बनेको छ । साथै महाधिवेशन व्यवस्थापन समितीको संयोजकमा लोक चेम्जोङ, सदस्य केशवराम राई तथा महाधिवेशनमा प्रस्तुत सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारी समितीमा समिर महर्जन, लिला राई, ओमराज सम्बाहाम्फे, मनु लोहोरूङ र निला जवेगु रहनुभएको छ ।

निर्धारित समयावधि भन्दा पछाडी सम्पन्न हुन गईरहेको यो महाधिवेशनमा नेपाली समाज अमेरिका आवद्व सबै सदस्यहरूलाई व्यापक सहभागीता जनाएर सम्पन्न हुने कुरा नेपाली समाज अमेरिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button