समाचार

सिर्जनशील सामाजिक युवा समूहको दोस्रो अधिवेशन आगामी पुष २६ गते हुने

२८ अक्टोबर, विजयपुर । साहित्यिक संस्था सिर्जनशील सामाजिक युवा समूहले आफ्नो दोस्रो अधिवेशन आगामी पुष २६ गते आयोजना गर्ने भएको छ । अधिवेशनका अवसरमा विशेष साहित्यिक कार्यक्रम समेत हुने भएको समूहले जनाएको छ ।

कार्यक्रममा तीन जना कविहरूको उपस्थितिमा कविता वाचन तथा साहित्यसम्बन्धी बहस कार्यक्रम आयोजना गरिनेछ । अधिवेशन तथा साहित्यिक कार्यक्रमको प्रमुख आतिथि वरिष्ठ कवि हाङ्युग अज्ञात रहने आयोजकले जनाएको छ ।

संस्थाका अनुसार अधिवेशनमा गत कार्यकालको समीक्षा, नयाँ कार्यसमिति गठन तथा आगामी साहित्यिक योजना सम्बन्धी विषयमा छलफल गरिनेछ ।

Related Articles

Back to top button