समाचार

बालबालिका दखि सिनिएर सबैको मन छुने गौरी शंकर नेपाली चलचित्र शो हुंदै छ

लण्डन।  नेपाली चलचित्र “गौरी शंकर” चलचित्र यहि २५ जनवरी २०२६ आईतबरको दिन अल्डरशट स्थित एम्पाएर हलमा दिउसोको ठिक ३ बजे प्रदर्शन हुनेछ। चलचित्र नेपालमा छायांकन भई आउंदो महाशिबरात्रिको अवसर पारेर नेपालमा भब्य रिलिज हुने तयारीमा रहेको छ। उक्त नेपाली चलचित्र हाम्रै स्थानीय अभिनेत्री शोभा राना पोखरेल सहित निर्देशक/अभिनेता आर बि खत्री, अभिनेता बिनोद श्रेष्ठ लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।

हाम्रो आफ्नै स्थानीय अभिनेत्रीले अभिनय गरेको यस चलचित्र आफ्ना नेपाली आमा बुवा, दाजूभाई तथा दिदीबहिनीहरुका माँझ ल्याउने जमर्को रहेको अभिनेत्री शोभा राना खरेलले जानकारी दिएकी छिन्। नेपाली समसामयिक बिषयमा आधारित यस चलचित्रले नेपाली कला, संस्कृति र बिशेष गरि नेपाली सिने जगतमा एउटा एतिहासिक उर्जा थप्ने कार्य गरेको छ। साना नानी बाबु देखि सिनियर आमा बुवा समेतले हेर्न र रमाउन मिल्ने यस चलचित्रले नेपाली कला र संस्कृतिको जगेर्नाका लागि महत्वपूर्ण जिम्मेवारी बहन गरेको व्यहोरा जानकारीका साथ यस चलचित्र एकपटक अवस्य हेरी मायाँ गरिदिनु हुन तथा नेपाली कलालाई हौसला प्रदान गर्न सबैको सहयोगको अपेक्षा गरेका छन्।

यस चलचित्र वेल्सको कार्डिफ शहरमा भब्य प्रदर्शन संगै दर्शकहरुको मन जित्न सफल भएकोले बलायतको बिभिन्न शहरमा बसोबास रहेको क्षेत्रमा चलचित्र प्रदर्शनका लागि सहयोग गरिदिनको लागि साथै बिभिन्न संघ संस्था स्थानिय नेपाली समुदाय सबैलाई चलचित्र हेरिदिनको गौरी शंकर टिमले हार्दिक अनुरोध गरेका छन्।

Related Articles

Back to top button