समाचार
जेनजीले भन्यो- केपी ओली र रमेश लेखकलाई तत्काल पक्राउ गरियोस

काठमाडौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न जेनजीले माग गरेका छन् ।
शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत जेनजीले आन्दोलन दबाउन राज्यसत्ता र संरचना दुरुपयोग गरिएको आरोप लगाउँदै उनीहरूलाई कारबाही गर्नुपर्ने माग राखेको हो ।
जेनजीका सल्लाहकार डा.निकोलश भुसालले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नुपर्ने धारणा राखे ।
उनले २०४६ सालपछि सत्तामा पुगेका सबै उच्चपदस्थ नेताहरू र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि गरे ।



