स्थानीय

धनकुटामा ‘हर्क साम्पांग ए रिभोलुसन’ जिल्ला कमिटी गठन,अध्यक्षमा जितेन्द्र माम्पाहांग

धनकुटा,२४ जेठ । धनकुटामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पांग राईलाई सम्मान गरिएको छ ।

किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले प्रमुख राईलाई सम्मान गरेको हो ।

किराया धनकुटाका अध्यक्ष उद्दवमणि राईको अध्यक्षतामा हिजो टुंडिखेलमा सम्पन्न कार्यक्रमका बिच प्रमुख राई लाई सम्मान गरिएको हो ।

कार्यक्रममा किराया जिल्ला,नगर कमिटिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि हिजै धनकुटामा ‘हर्क साम्पांग ए रिभोलुसन’ जिल्ला कमिटी गठन गरिएको छ ।

धनकुटाको मोरिंगा होटलमा सम्पन्न कार्यक्रममा जितेन्द्र माम्पाहांग राईको अध्यक्षतामा ७८ सदस्यीय कार्य समिति गठन गरिएको हो ।

धरान उमनपाका प्रमुख राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त कमिटि गठन गरिएको हो ।

Related Articles

Back to top button