खेलकुद

१६ ओैं आत्मानन्द कप षुरुषफुटबल खेल मंसिर ८ देखि २० सम्म हुने

इलाम । माङसेबुङ गाउपालिकामा रहेकाे धार्मिक स्थल माङसेबुङ लारुम्बा स्थित १६ ओै संस्करण आत्मानन्द कप संचालन हुने भएकाे छ ।

यस क्षेत्रमा बिगत लामाे समय देखि आत्मानन्द कप षुरुष फुटबलखेल सचंलन हुन्दै आएकाे हाे किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा आत्मानन्द कप” पुरुष फुटबल प्रतियोगिता २०८० मंसिर ८देखि २० सम्म भब्य आयोजना हुने भएको छ ।

यस आत्मानन्द कपको संस्करणमा स्देश,बिदेशका प्रतिष्ठत टिमहरुले सहभागी जनाऊदै छन । जस्तै नेपाल,भारत र भुटान गरि आठ ओटा क्लबहरुको सहभागीमा माङसेबुङ ५ स्थित चर्चित प्रस्तावित आत्मानन्द रंगशालमा संचालन हुने आयोजक
आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मन प्रसाद आङबुहाङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ , गोलबजार स्पोर्टिङ क्लब सिराहा, माङ्सेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानको सहभागिता रहने आयोजक समितिका अध्यक्ष ‍आङबुहाङले जानकारी दिएका छन् ।

आक्रर्षक राशी सहित विजेताले ट्रफी नगद रु. ३,११, १७० (तीन लाख एघार हजार एक सय सत्तरी) र उपविजेताले ट्रफीसहित रु. २,०५,१६९ (दुई लाख पाँच हजार एक सय सत्तरी) पुरस्कार प्राप्त गर्नेछन खेल संचालक समितिले जनाएका छन । गएकाे सालको आत्मनन्द कप छथर गाउँपालिका तेह्रथुम टिमले आफ्ना पाेल्टाेमा पारेकाे थियाे ।

यसै गरि अतिरिक्त खेलतर्फ म्याराथन, पक्लुङ लेप्मा (छेलो हान्ने), धनुकाड , भलिबल, हाडी फुटाउने, कराँतेलगायतका खेल आयोजना हुने भएको छ ।

याे खेल हेर्न धार्मिक स्थल माङसेबुङमा हुने भएकाे कारणले ,स्वदे बिदेशका हजाराै दर्शकहरु सहभागी हुने गर्न छन । यस आत्मानन्द कप प्रत्येक बर्ष आत्मा पवित्र हक्चात यक्चुम समितिले संचालन गर्दै आएका छन ।

-ज्ञानु फुरुम्बाे चरपे

Related Articles

Leave a Reply

Back to top button