समाचार

मिक्लाजुङमा गुञ्जिए कविहरू

७ नाेभेम्बर, माेरङ । मिक्लाजुङ साहित्य समाजको आयोजनामा सिर्जना अनावरणकाे १० ओैँ श्रङ्खला सम्पन्न भएको छ । चार कविहरूकाे सिर्जना वाचनसहित श्रङ्खला सम्पन्न भएको हाे ।

कार्यक्रममा अतिथि र कविहरू ।

बिहीबार माेरङकाे मधुमल्ला पार्टी प्यालेसमा भएको कार्यक्रम वरिष्ठ साहित्यकार कृष्ण बरालकाे प्रमुख आथित्यमा भएको कार्यक्रममा कविहरू हेमन यात्री, सीमा आभास, सुदीप पाख्रिन र मुनाराज शेर्माले सिर्जना सुनाए ।

कवि यात्रीले ‘आमाको गीत १’, ‘आमाको गीत २, ‘स्वयम्भू’ र ‘बिर्सिगएको मानिस’ वाचन गरे । त्यस्तै, कवि आभासले ‘प्रार्थना’, ‘पाकेटमार’, ‘चक्रवर्ती महाराजप्रति’, ‘आमाले बिद्रोह गरे के हाेला ?’ र ‘नानीहरूलाइ विद्यालय पठाएपछि’ सुनाइन् । धरानका कवि सुदिप पाख्रिनले ‘गुनासो’, ‘मावल’, ‘बाेध १’, ‘बाेध ११’ र ‘नानीहरूलाइ उपहार’ वाचन गरे । प्राज्ञ एवम् कवि प्राज्ञ मुनाराज शेर्माले ‘एक पत्नीकाे तर्फबाट’, ‘रक्सी नपिउनु आदिवासी पहाड’, ‘शहर’, ‘याे सन्सारमा एक्लै हुन सक्छौ’, ‘ख्याली’ सुनाए ।

आयोजक मिक्लाजुङ साहित्य समाजले साहित्य क्षेत्रमा पुर्याउनु भएको याेगदानकाे उच्च मूल्यांकन गर्दै कविहरूलाई सम्मान पत्र सहित सम्मान पनि गरेको थियोे ।

साहित्यकार कृष्ण बराल आफ्नो मन्तव्य राख्दै ।

कार्यक्रममा देवान किराती , सुन्दर करुप, शिव प्रणत , टिका आत्रेय , राज माङ्लाक , लीला अनमाेल, रुमानी कुलुङ , रुद्र प्रभात , टिका खड्का राष्ट्रिय प्रेेमी, प्रज्वल पराजुली , माैलश्री लिम्बू , विशाल नाल्बाे, यज्ञ परिश्रमी , किरण शिवा, पराजित पाेमु , कृष्ण उदासी , सुमन राइ , दिपक चम्सु, युग याेगी राइ, दधि अज्ञात , प्रदिप याेङहाङ , तिलक राई , नयन श्रेष्ठ , लक्ष्मीप्रसाद फुयाल , रेवतीप्रसाद घिमिरे , केशव रेग्मी लगायत झापा , माेरङ , सुनसरी र इलामका सर्जक तथा स्थानीय गरी पाँच दर्जनभन्दा धेरैको उपस्थिति थियोे ।

प्रमुख अतिथि साहित्यकार कृष्ण बरालले कविताकाे क्षेत्रमा सग्लो परिचय बनाएका चार कविहरुलाइ एउटै मञ्चमा एकैसाथ सुन्न पाउनु महत्त्वपूर्ण क्षण रहेको बताए । कार्यक्रमकाे अध्यक्षता कवि गगन याेक्पाङ्देनले गरेका थिए । उनलेे समापन मन्तव्यकाे क्रममा संस्थाले विगतदेखि नै विभिन्न महत्त्वपूर्ण साहित्यिक गतिविधि गर्दै आइरहेको र आगामी समयमा पनि निरन्तरता दिँदै स्थानीय नवसर्जकहरुलाई समेत प्राेत्साहित गर्ने खालका कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कमल मिश्रले स्वागत मन्तव्य राखेका थिए भने चन्द्र नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Related Articles

Back to top button