“हामी अनि हाम्रो नियती”- लक्ष्मीप्रसाद तुम्बाहाङफे
स्तब्ध म
आवाजविहिन म
चकनाचुर सपना
रङ्गहिन दुनियाँ
अन्धकार दुनियाँ
स्तब्ध म ,
टाढा बस्नुको पिडा सहदा – सहदै
मिठो खबर अनि
सुनौलो भविस्यको प्रतिक्षामा बस्दा-बस्दै
एक्कासी अनायस समाचार सम्प्रेसित –
“इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु ।
युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्कदैं।
इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने
परराष्ट्र मन्त्रालयले
बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको छ ……. ….!!!”
सब चकनाचुर
अनि स्तब्ध म
विवशता , बाध्यता
के हामी नेपाली हुनुको नियती हो यो ?
कहिले अरेबियन मरुभुमिको मैदानबाट ,
कहिले मलेशियाको थलोबाट ,
पठाइन्छ बक्सामा हाली मृत-लासहरु !!
शान्तिप्रिय हामी नेपाली
किन हुँदैछ मृत्युवरण
अनायस- अनायस विदेशी भुमिमा
मृत्यु पूर्व किन रोक्दैनौ
स्वदेश मै कर्म गर्नु पर्छ भनेर ।
किन विवस हामी !
किन लाचार हामी !!
मृत्युलाई रोज्न विदेशी भुमिमा ?
अब त भो , धेरै भो , अति भो !!
खुशीका पल सगै ,
रमाइलो अनुभुती सगै,
सुन्दर भविस्यको कल्पना सगै
ति जीवन-सङ्गनीका कोमल हातहरुले ,
हात हल्लाई हल्लाई
बिदाइ गरेका ति पलहरु
मेटिना नपाउदै ,
सानु छोरा /छोरीले
‘पापा मलाई धेरै कुराहरु ल्याई दिनु है’ भनि,
तोते-तोते बोलिले बिदाई गरेको क्षणहरु
सेलाउन नपाउदै ,
बृद्दा बा-आमाले
छोराको सुन्दर भबिस्यमा रमाएको खुशिहरु साट्न नपाउदै,
कस्लाई थाहा
भोली आशुको पोखरीले
केबल मृत शरीरलाई
स्वागत गर्नु पर्छ भनेर !!!
आज त्यही हुँदै छ
हामी नेपाली हुनुको नियती
परिवार देखी टाढा हुनुको नियती
गास, बास अनि कपास जुटाउन बिदेशिनुको नियती …..
…….!!!