साहित्य सिर्जना

नवौं वातावरण साहित्य गोष्ठी ५ जुनमा

विश्व वातावरण दिवस पारेर विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिले नवौं वातावरण साहित्य गोष्ठी भर्चुअलद्वारा कार्यक्रमको आयोजना गरेको छ।

विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षतामा ,प्रमुख अतिथि- साहित्यकार सरु भक्त,विशिष्ट अतिथि- प्रा डा गोविन्दराज भट्टराई, विशिष्ट अतिथि/ मुख्य वक्ता- वातावरण विज्ञ रीना चौधरी रहनेछन् ।

कार्यक्रममा विशेषत इको/पर्या/वातावरण सृजना (कविता, ३x मुक्तक, गजल, गीत, लघुकथा, ५x हाइकू) वाचन गर्न सकिने र
विनेसाम शाखाका सदस्यहरु साथै बाहिरका सर्जकहरु कार्यक्रममा जोडिएर आफ्नो सृजना प्रस्तुत गर्न सक्नुहुने केन्द्रीय उपाध्यक्ष विजय हितानले जानकारी दिएका छन् ।

पर्या सृजना वाचन गर्न इच्छुक स्रष्टा/सर्जकले जून ४ तारिखभित्र आफ्नो नाम र सृजनाको शिर्षक पठाउन सक्नुहुने छ, संस्थाका सम्बन्धित पदाधिकारी वा इमेल – bryanhitan@hotmail.com र gfnlcentral@gmail.com मा पठाउन सकिने पनि बताएका छन् ।

यस वर्षको वातावरण दिवसको नारा
– “भूमी पुनर्स्थापना, मरुभूमीकरण र खडेरी प्रतिरोध” रहेको छ ।

सृजना यसै नारामा केन्द्रित भएर लेखिन सके उत्तम हुनेछ । नभए वातावरणसँग सम्बन्धित कुनै विषयवस्तुमा लेखिएको भएपनि हुनेछ ।

यस दिन पर्या सृजना वाचनको साथै वि स २०८० मा साहित्य पोष्टमा प्रकाशित पर्या कविताहरुमध्ये उत्कृष्ट तीन कविताको घोषणा पनि हुनेछ ।

र, पुरस्कृत तीनैजनालाई विनेसाम केन्द्रले दसैँ-तिहार बिचमा आयोजना गर्ने विश्व सम्मेलन कार्यक्रममा भौतिक रुपमा प्रदान गर्ने पनि जानकारी दिएका छन् ।

– पुरस्कार राशि -प्रथम = १५,०००/-
द्वितीय = १०,०००/-
तृतीय = ५,०००/-

सम्पूर्ण पुरस्कारको प्रायोजन अहिलेसम्म विनेसाम केन्द्रीय उपाध्यक्ष विजय हितानले गर्ने हुनुभएको छ । यदि अरुले पनि पुरस्कारको कुनैपनि अंश प्रायोजन गर्न इच्छुक हुनुहुनेलाइ स्वागत गरिएको छ ।

कार्यक्रम ५ जून २०२४/बुधवार नेपाली समय अनुसार साँझ ७:०० बजे जूम भर्चुअलमा गरिनेछ ।

यस कार्यक्रमलाई भव्यताकासाथ सफल पार्न सचिवालयका सबै र विनेसाम शाखाका अध्यक्षज्यूहरुलाई आजैदेखि यसको प्रचारप्रसार गरिदिनहुन संयोजक हितानले अनुरोध गरेका छन् ।

– गोमा रानाबाट

Related Articles

Leave a Reply

Back to top button