समाचार

विश्व नेपाली साहित्य महासङ्घ जापान अध्यक्षमा रविन्द्र दिखुक्पा

विनेसाम जापान शाखाको तेस्रो अधिवेशन

११ अगष्ट, टाेकियाे (जापान) । विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको तेस्रो अधिवेशन तथा अक्षरा-२ को विमोचन सम्पन्न भएको छ । आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डु लाउन्ज एण्ड बारको सभाहलमा भएको कार्यक्रममा विनेसाम जापानको तेस्रो अधिवेशन तथा संस्थाको मुखपत्र अक्षरा-२ को विमोचनसँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

अधिवेशनले रविन्द्र दिखुक्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितीको अध्यक्षमा रविन्द्र दिखुक्पा, उपाध्यक्षत्रयमा बिमन किराती, शिवराज साम्पाङ राई र प्रमिला राई, महासचिव विजय स्याङ्बो, सचिव गंगा गगन, सह-सचिव सयपत्री थुलुङ, अर्थ सचिव रामचन्द्र न्यौपाने, अर्थ सह-सचिव प्रविन लामा रहेका छन् ।

त्यस्तै सदस्यहरूमा दिलीप राई, उमेश तिमल्सिना, शंकरहरि राई, राजन घले, सम्झना चाम्लिङ, प्रमोद श्रेष्ठ, उदय राणाहँछा र कुविर लामा गरि १७ सदस्यिय कार्यसमितीको घोषणा गरेको छ भने पछि २ जना सदस्य थप्ने गरि १९ सदस्यीय कार्यसमिति हुने जनाएको छ ।

नेपाली राजदूताबास जापानका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथ्यता रहेको कार्यक्रममा अन्य अतिथीहरू नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानका महासचिव प्रमिला राई, पूर्वी विकास नेपाल सहकार्य केन्द्रका उपा-अध्यक्ष पेमनुरी शेर्पा, नेपाली भाषाका ज्ञाता तथा साहित्यकार हारूहितो नोजु, अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, साहित्यिक चौतारी नेपालका संरक्षक / सल्लाहकार तथा निवर्तमान अध्यक्ष अमरदेव बास्तोला, नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष तथा कानुनविद् डा. बलराम श्रेष्ठ रहेका थिए ।
त्यसैगरि एनआरएनए जापानका अध्यक्ष नविन न्युउरे, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरी, अनेसास जापानका उपाध्यक्ष दिपा घिमिरे, साहित्यिक चौतारी नेपाल जापान शाखाका सचिव शारदा पाण्डे, जापान समाचार डटकमका प्रधान सम्पादक गोकर्ण अधिकारी, किरात याक्थुङ चुम्लुङका प्रतिनिधी तथा सदस्य विष्णु आङदेम्बे लगायतका अतिथीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राजदूत दुर्गा बहादुर सुवेदीले राजदूतको पद जोगीको झोला जस्तै भएको जिकिर गर्नुभयो । नेपाली संघसंस्था र हरेक पेशागत संस्था अनुसारको कार्यक्रममा अभिभावकको रूपमा उपस्थित भएर शुभेच्छा प्रकट गर्ने क्रममा आफू पनि विगतदेखि साहित्यमा रूची राख्ने भएकोले मन्त्री, प्रधानमन्त्री जस्तो एउटा लेखक, साहित्य र साहित्यकार पूर्व वा पुरानो नहुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. सुवेदी आफ्नो मन्तव्य राख्दै ।

कार्यक्रममा राजदूत सुवेदीले जो हामी घर बनाउन घर र देश बनाउन देश छोडेर आएका छौं अमरदेव बास्तोलाको कविता “अस्तु विसर्जन” साँचै पानी विनाको माछा र देश बाहिरको परदेशीको जीवनसँग मेल खाने मर्मस्पर्शी र बिम्बात्मक रहेको प्रशंसा सहित धन्यवाद ज्ञापान गरे । आफूले लेख्न नभ्याए पनि जति पनि वाचित कविता, गजलहरू छन् भाइबैनीहरूको रचनाहरू सुन्न पाएकोमा खुशी व्यक्त गरे ।
संस्थाले अक्षरा-२ प्रकाशनको क्रममा आवरण डिजाइन तथा संस्थाप्रति सहयोग गरेकोमा सदस्य दिलीप राई, आर्थिक सहयोगमा योगदान गरेकोमा खावुसिकी खाइस्या मानवियका विशाल डल्लाकोटी र विगतदेखी मिडिया पार्टनरको रूपमा सहकार्य र सहयोगका लागि द एट पिक्स “टेप न्युज डटकम” का सम्पादक सजिना मोक्तानलाई सम्मान गरिएको थियो ।
दीप प्रज्वलन सहितको उदघाटन र राष्ट्रिय गान बजाएर औपचारिक सुरुवात गरिएको कार्यक्रम संस्थाका अध्यक्ष देवी बहादुर ईङ्नामको अध्यक्षता, अर्थ सचिव शिवराज साङपाङ राईको स्वागत तथा महासचिव रविन्द्र दिखुक्पाको सहजीकरण रहेको कार्यक्रम सभाध्यक्षले पहिलो सत्रको कार्यक्रम विसर्जन गर्दै नयाँ कार्यसमिति घोषणा गरेर समापन भएको थियो ।

Related Articles

Back to top button