प्रवास

हङकङ नेपाली केन्ट युके परिवार दोस्रो भेटघाट कार्यक्रम

दिल पालुङ्वा ‘नेपाल कुस्सा’
केन्ट,
गत ३० जुन २०२४ का दिन हङकङवाट युके केन्टमा आएर वसोवास गरिरहेका हङकङेली नेपालीहरुको दोस्रो भेटघाट कार्यक्रम आसफोर्डको सेन्ट फ्रान्सिस चर्च (विहेवारे) मा सम्पन्न भएको छ ।

विषेश गरेर भेटघाटले हङकङेली नेपालीहरु विचमा प्रगाढ सम्वन्ध स्थापित राखिराख्न र हङकङवारे जानकार भैरहन यस्तो भेटघाट कार्यक्रम गरिएको संयोजक दिल पालुङवा याक्थुङले वताए । 2023 मा पहिलो भेटघाट शुरु गरिएको र यो दोस्रो भेटघाट हो ।

July 1 लाई हङकङ स्थापना दिवस र राष्ट्रिय दिन भएकोले यसै दिन भेटघाटको आयोजना गरिने, तर विदाको समय मिलाउनु पर्ने भएकोले एक दिन अगाडि कार्यक्रम राखिएको छत्र वनेमले बताए । कार्यक्रम सञ्चालन सचिव डम्वर खापुङले गरेका थिए ।
कार्यक्रममा रमाईलोको लागि राफल ड्र(चिठ्ठा) कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

Related Articles

Back to top button