आदिवासी

याक्थुङ कुसा (लिम्बु युवा) चुम्भो युकेको सम्मेलन हुदै

- सिक्कुम ज्ञानु फुरुम्बो 'चरपे'


आउदो २९ जुन २०२४ गते शनिबारका दिन किरात याक्थुङ चुम्लुङ युकेको भातृ संगठनको रुपमा गठन भएको कुसा चुम्भोको प्रथम ऐतिहासिक सम्मेलन हुने भएको हो ।

युकेमा बसोबासा गर्ने याक्थुङ लिम्बू युवा तन्नेरी पुस्ताहरुलाई गोलबन्द गरेर युवाहरुको ज्ञानसिपलाई उन्नत बनाउन र समुदाय प्र्रति जिम्मेवार बनाउने उद्देश्यले तीन बर्ष आगाडी कुसा चुम्भो गठन भएको हो ।

यस संगठनको उदेश्य भनेको युकेमा बस्दै आउनु भएका सम्पुर्ण याक्थुङ युवा तन्नेरीहरु एक ठाउमा आएर उभिएर युवाहरुको सैद्वान्तिक,बैचारिक, बौद्विक क्षमताहरु समेटेर जाने साथै चुम्लुङको नीति सिद्वान्त अनुरुप युवाहरुको क्षमता शक्तिलाई समुदायका लागि काम गर्दै जाने र परम्पराका आफ्न भाषा,लिपि,संस्कार,सास्कृतिक कला,कृति लगायत मौलिक पहिचान चिनारीलाई सरक्षण,सम्वर्द्वन बिकास,उत्थान,र प्रचार,प्रसार गर्दै जाने लक्ष्य रहेको छ ।

चुम्भोको ऐतिहासिक प्रथम सम्मेलनलाई भब्य, सभ्य रुपममा संचालन गर्न लाहाङ चेम्जोङको संयोजकत्वमा १३ सदस्य सम्मेलन तयारी समित गठन गरिएको छ । किरात याक्थुङ चुम्लुङ युकेको चुम्लुङ देन मेडिस्डिटोनमा हुने सम्मेलन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्र, किरात याक्थुङ चुम्लुङ शाखा लगायत युके भरि बस्ने याक्थुङहरुको बाक्लो उपस्थितिमा सम्मेलन समापन हुने आयोजक समितिले जनाएका छन । उक्त सम्मेलनले किरात याक्थुङ कुसा चुम्भोको नयाँ नेतृत्व पनि चयन गर्ने छ ।

किरात याक्थुङ चुम्लुङ युकेको महाधिवेशन पनि चाडै हुन गईरहेको छ । चुम्लुङ केन्द्रको महाधिवेशन हुन अगाबै भातृ संस्थाको रुपमा गठन भएको कुसा चुम्भोको सम्मेलन सम्पन्न हुन गईरहेको हो ।

Related Articles

Back to top button