आदिवासी

युकेमा आदिवासी मेला विभिन्न आकर्षण सहित ८ अगष्टमा लाग्दै,


लण्डन,
३२ औ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले विभिन्न झाँकी तथा खेलकुद सहितको मेला लगाउने भएको छ ।

आउदो अगष्ट ८ तारिकका दिन अल्डरसट नजिक किरात ग्याम्बरल्याण्डमा सो मेलाको आयोजना गरिएको हो । सो मेलामा भलिवल प्रतियोगिता, विभिन्न जातिय झाँकी सहित नेपालबाट पाल्नुभएका चर्चित कलाकारहरुको प्रस्तुती रहने बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ युके अन्तर्गत अहिले १३ जातिय संगठनहरु आबद्ध रहेका छन । महासंघले गतबर्ष पनि आदिवासी मेलाको आयोजना गरेको थियो । यसपटक दोस्रो बर्ष भएकोले ब्यापक सहभागिता रहने अपेक्षा गरेको र मेलाको तयारी अझ ब्यापक गरिरहेको कुरा अध्यक्ष योगेश कोयू राईले बताए । उनले सबैलाई सहभागिताको निमित्त निम्तो समेत गरेका छन् ।

महासंघको स्थापना सन् २००९ मा भएको हो ।

Related Articles

Back to top button