मुक्कुमलुङ ‘नो केवलकार ‘ संघर्ष समितिको १० सदस्यीय बार्ता सहजिकरण टोलि गठन

०८१ चैत्र ३, दमक
ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ (पाथिभरा) मा केवलकार बन्नु हुदैन भनेर बिगत ६ बर्ष देखि आन्दोलनरत मुक्कुमलुङ संयुक्त संघर्ष समितिले ०८१ चैत्र ३ गते १० सदस्यीय बार्ता सहजिकरण टोलि गठन गरेको छ |
नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गतको बार्ता टोलिले यहि चैत्र १ गते ‘श्री मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संघर्ष समिति” लाइ एक पत्र लेखि बार्तामा आउँन र बार्ता देखि नै केवलकार निर्माण सम्बन्धि उठेका सवालहरु हल गर्न आव्हान गरेको थियो |
यस अघि फाल्गुन १२ गते पनि गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गरेर बार्ता अवधिभर केवलकार निर्माण गर्ने प्रतिबद्दता जाहेर गर्दै बार्तामा आउन आव्हान गरेको थियो |
०८१ चैत्र ३ गते घोषणा गरिएको बार्ता सहजीकरण नो केवलकार टोलि यस प्रकार रहेको छ:
१. संयोजक – सरस्वता (सरु) सिंगक
२. सदस्य – कुमार लिम्बु
३. सदस्य – सुर्य बिक्रम चेम्जोङ
४. सदस्य – धनराज हुक्पा चोङबाङ ‘फेदापे ‘
५. सदस्य – दिपक याख्खा
६. सदस्य – लवन न्यौपाने
७. सदस्य – सन्तोष मेहता
८. सदस्य -पदम जबेगु
९. सदस्य -आलोक माबोहाङ
१०. सदस्य – अर्जुन जुम्नेली राइ
०८१ चैत्र ४ गते देखि बार्ता शुरु हुने सुचना प्राप्त भएको छ |