स्थानीय

माङ्पा संरक्षण भोजपुर जिल्ला समिति एवं समन्वय समिति गठन

भोजपुर,
गत १६ जुन २०२४ का दिन भोजपुर जिल्ला हतुवागढि गाऊपालिका वडा नं ६ स्थित सामुदायीक भवनमा बसेको एक भेलाले श्री चतुरभक्त राईको अध्यक्षतामा ९ सदस्यीय माङपा संरक्षण भोजपुर जिल्ला तदर्थ समिती साथै श्राजेन्द्र राईको संयोजक्तवमा माङ्पा संरक्षण समन्वय भोजपुर जिल्ला समिती गठन गरेको छ।

किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रले माङ्पा संरक्षण समितीको केन्द्रिय संयोजक ढक बहादुर राई, डिबी राई माङ्पको उपस्थितीमा गठन भएको हो । भेलामा पुर्वसंसद तथा राष्ट्रपति सल्लाहकार धनहर्क राईको प्रमुख आतिथ्यता, वडाअध्यक्ष मोहनकुमार राई, पुर्व गा.वि.स अध्यक्ष धन ब राई लगायत विभिन्न भद्रभलादमी विद्वान बुद्धिजिबीको उपस्थिती रहेको थियो ।

किरात सांस्कृतिक पुनर्जागरणको अभियान लिएर महान किरात सभ्यताको जग पुनर्स्थापना गर्ने उदेश्य सहित स्थापना गरिएको विश्वभरीको किरातीहरुको साझा सांस्कृतिक संस्था किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रले किरातीहरुको सांस्कृतिक नायकहरु मुन्दुमी नछुङ/नाक्छो/नाक्छोङ/माङ्पा/नागिरे/माबि/कुबी/दोवा/पासिङ/ज्वाम्चो/वाटाङ्पा/बुङपेन्मि/मोपो/तङसाबुङ/येबा/येमा/फेदाङमा लगायत समग्रमा धामी बिजुवाहरुलाई संस्थागत रुपमा संगठित गरेर माङ्पा परीचय पत्र वितरण गरिएको थियो ।

माङ्पा संरक्षण भोजपुर जिल्ला तदर्थ समितीमा नवगठित पदाधिकारी तथा सदस्य नछुङ-माङ्पाहरुको नामावलीः

अध्यक्षः- चतुरमान राई (माङ्पा)
उपाध्यक्षः- सुमन राई (माङ्पा)
सचीबः- मान कुमार राई (माङ्पा)
सह-सचीबः-ध्यान बहादुर राई (माङपा)
कोषाध्यक्षः- दल बहादुर राई (माङपा)
सदस्यः- पुर्ण बहादुर राई (माङपा)
सदस्यः- कृष्णदल राई (माङपा)
सदस्यः- दल बहादुर राई (माङ्पा)
सदस्यः- सुब्बा राई (माङपा)

माङ्पा संरक्षण भोजपुर जिल्ला तदर्थ समितीको सल्लाहकार समिती यस प्रकार छ।
सल्लाहकारः- धनहर्क राई
सल्लाहकारः- धन ब राई
सल्लाहकारः- नन्द प्रसाद राई

माङ्पा संरक्षण समन्वय समिती भोजपुर नामवली यसप्रकार छ।

संयोजकः- राजेन्द्र राई
सदस्यः- रमेश राई
सदस्यः- नबिन राई
सदस्यः- मनिकुमार राई
सदस्यः- शुक्र बहादुर राई
सदस्यः- अरुण लता राई
सदस्यः- सुव राई

Related Articles

Back to top button