मनोरञ्जन

सिङ्गककाे ‘नरुनु तिमी’ गीतकाे भिडियो सार्वजनिक

६ जून, हङकङ । गायिका सीता सिङ्गक लिम्बूको नयाँ गीत ‘नरुनु तिमी’काे भिडियो सार्वजनिक भएको छ । आफ्ना दिवङ्गत कान्छा दाजु जोन सुब्बा(भक्ति सिंगक) का मर्मस्पर्शी शब्दलाई उनले गीतमा उतारेकी हुन् ।

एकान्त आङदेम्बेको संगीत बनेको गीतमा सिङ्गककै अभिनय रहेको छ । हाङ चेम्जोङको निर्देशनमा बनेको भिडियाेमा युवराज राई(बीर बहादुर) को छायांकन, रीतु वनेम(मिङसारा) को श्रङ्गार,राजु कार्कीको संगीत संयोजनमा किङ् स्टुडियोमा रेकर्ड गरिएको गीतमा हाङ प्राेडक्सनको पोष्ट प्राेडक्सन रहेको छ । भिडियो फेदापहाङमा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

१२ वर्षअघि निधन भएका स्व. सिङ्गकले गीतलाई डायरीमा राखेका थिए । अभिनयमा समेत रुचि राख्ने उनले आफ्ना बहिनी सीतासँग यहीँ गीतमा काम गर्ने याेजना बनाएको कारण गीत सार्वजनिक गरिएको दिदी लीला सिङ्गकले जनाइन् ।

भिडियो यहाँ हेर्नुहाेस् –

Related Articles

Leave a Reply

Back to top button