खेलकुद

२२औं गोर्खा कप २६ मे, ५० टिम भिड्दै

लन्डन । बेलायतको नेपाली समुदायमा सबैभन्दा ठूलो मानिने फुटबल प्रतियोगिता गोर्खा कपको २२ औं संस्करण आउंदो २६ मे २०२४, आइतबार अल्डरसटमा हुने भएको छ ।

आयोजक तमुधिं यूकेले शनिबार मिचेटस्थित आफ्नै कार्यालयमा एक पत्रकार सम्मेलन गरि गोर्खा कपको तयारी पुरा भएको जनाएको छ ।

गोर्खा कप संयोजक तथा स्पोर्टस् सेक्रेटरी क्याप्टेन दीपकराज घलेले २२ औं गोर्खा कपमा मेन क्याटेगोरिजमा ३२ टिमले प्रतिष्पर्धा गर्ने जनाए । भेट्रानमा यसपटक दोब्बर वृद्धि गरि १६ टिमबीच प्रतिष्पर्धा गराइनेछ भने महिला तर्फ २ टिम हुनेछ ।

मेन वर्गीकरणमा पहिलो हुने टिमले ३००० पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछ । १२ बटा फूटबल पीचमा खेलाईने सो खेल एकैदिनमा सम्पन्न गरिने छ । लिंग सिस्टममा खेलाईने खेलको समयावधि १५ मिनेटको हुनेछ ।

यो खेल आकर्षक त हुन्छ नै तर यहि खेल हेर्ने निहू पारेर करिब १० हजार बढि दर्शक तथा सहभागीहरु उपस्थिती रहने गरेको छ । ११४ वटा विभिन्न स्टलहरु रहनेछन । यस पटकको आयोजनामा अनुमानित ५५ हजार पाउण्ड खर्च हुने बताईएको छ ।

तमु धी युके एक जातिय उत्थान सस्था हो । तमु जातिको हक, हित र अधिकारको लागि मात्र नभएर समग्र नेपालीहरुको प्रष्तिठाको निमित्त काम गर्दै आई रहेको छ ।

Related Articles

Leave a Reply

Back to top button