आदिवासी

बेलायत आसफोर्ड केन्टबासी किरात धर्मलवम्बीहरुको संयुक्त मांगेना सेवा सम्पन्न

बेलायत ।
२० अप्रेल २०२४ शनिवारका दिन किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेकाे आयाेजनामा आस्फाेर्ड केन्टबासी किरात धर्मलवम्बीहरुको संयुक्त माङगेन्ना सेवा गरिएकाे हाे ।

आसफोर्ड केन्टमा बसाेबास गर्दै आएका किरात धर्मलवम्बीहरुले बिगत लामो समय देखि यसरी नै बार्षिक रुपमा आफ्ना माङगेन्ना सेवा सामुहिक रुपमा गर्दै आएका छन ।

बेलायतकाे ठाउँमा समयकाे निकै महत्व हुने र सबैलाई समय मिलाउन निकै गाराे हुने भएकाे हुदाँ आप्लुङगेन्न ताङसेप चाेमेन सेवा माङगेन्नाका लागि सेवासाबाहरु घर घरमा गएर माङगेन्ना गरिदिन धेरै मुस्किल हुने कारणले यस समस्यालाई मध्यनजर गर्दै भक्तजनहरुकाे सुबिधाका लागि किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले सामुहिक तरिकाले विभिन्न ठाउँमा यसरी नै माङगेन्ना कार्यक्रम आयाेजना गर्दै आईरहेकाे छ ।

उक्त माङगेन्ना कार्यक्रममा आस्फाेर्ड केन्ट भरिबाट सयाैंकाे संख्यामा किरात धर्मलवम्बी भक्तजनहरु माङगेन्ना सेवा कार्यक्रममा सहभागी भएका थिए । बेलायतका प्रमुख माङसेवा साबा साम्दाङगेन्न वरुमसाबा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सल्लाहकार मंगल सिं लिङदेनद्वारा किरात साम्जिक मुन्धुम बाचन गरि भक्तजनहरुकाे माङगेन्ना गरिएकाे हाे भने प्रमुख माङसेवा साबाद्वारा माङगेन्ना किन गरिन्छ भने बिषयमा छाेटाे मुन्धुमी प्रवचन राख्नु भएकाे थियाे उहाँलाई माङसेवा साबा निराज माबाेहाङ र मणि चाेङबाङहरुले साथ दिएका थिए ।

साइमन सभाहलमा बिहान १० बजे देखि संचालन भएकाे माङगेन्ना कार्यक्रम माङलाङ केलाङ सहित ३: ०० बजे सम्पन्न गरिएकाे थियाे ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका उपाध्यक्ष केवाहाङ चेम्जाेङकाे अध्यक्षता तथा उपाध्यक्ष निर्मल पतङवाकाे ब्यवस्थापनमा सम्पन्न भएकाे माङगेन्ना कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सचिव पर्बत राईले कार्यक्रम संचालन गर्नु भएकाो थियौ ।

– ज्ञानु फुरुम्बाो “चरपे“

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button