खेलकुदयुके विशेष

युकेको १५ औं यलम्बरहाँङ फूटबल कप २० अप्रिलमा हुदै, तयारी पूरा

लण्डन,
युकेको १५ औं यलम्बरहाँङ फूटबल कप यहि आउदो २० अप्रिल २०२४ का दिन हुने भएको छ ।

लिम्बुहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ युकेले बार्षिक रुपमा आयोजना गर्ने यलम्बरहाँङ कपको सम्पूर्ण तयारी पूरा भएको कुरा संयोजक मध्येका एक दिपेन्द्र याक्सोले जानकारी गराएका छन । फूटबल खेल मेन, भ्याटरन र सुपर भ्याटरन गरि ३ समुहमा खेलाईने छ भने मेन समुहका विजयी टिमले नगद १ हजार पाउण्ड सहित ट्रफि प्राप्त गर्नेछ । सबै समुहका प्रथम र दोस्रो हुनेले नगद सहित ट्रफि प्राप्त गर्नेछन ।

मेन समुहमा १६ टिम, भ्याटरन समुहमा ८ टिम र सुपर भ्याटरन टिममा ४ टिमले प्रतिस्पर्धा गर्नेछन् । चुम्लुङ «युके आफैले खरिद गरेको करिब साढे १६ विघा जमिनमै ५ वटा पूर्ण साइजको फूटबल ग्राउण्ड बनाईएको जनाएको छ ।

विहान करिब १० बजेबाट शुरुहुने फूटबल खेलको लागि टिम ड्र गत १६ अप्रिलका दिन अल्डरसटमा भईसकेको छ । युकेको समर शुरुवातीको बखत आयोजना हुने यसखेललाई युकेबासी नेपालीहरुले निक्कै चासोका साथ लिने गरेका छन । यस पटकको यो आयोजना १५औं संस्करण हो ।


Click here to read full detail>>


यस पटक खेल आयोजना हुने खेल मैदान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button