NRNA Specialप्रवासभूपू गोर्खा कोलमयुके विशेषसमाचार

ब्रोड पिक हिमपहिरो दुर्घटनामा ज्यान गुमाएका हिमाल आरोहीहरूको स्मृतिमा बेलायतमा शोकसभा

लण्डन । अगस्ट ४ मङलबार २०२६ का दिन बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेन (प्रथम नेपाली भिक्टोरिया क्रस विजेता कुलवीर थापा मगरको सालिक) परिसरमा शोक सभा सम्पन्न भएको छ।

प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (‘निम्स दाइ’) तथा ब्रोड पिक हिमपहिरो दुर्घटनामा ज्यान गुमाएका अन्य हिमाल आरोहीहरूको स्मृतिमा पण्डित गुरु र लामा गुरुहरुबाट धार्मिक प्रबचनमा शोकसभा भएको थियो।

कार्यक्रमको सुरुमा स्वर्गीय पुर्जाको तस्बिरमा माल्यापण, दियो प्रज्वलन र दुई मिनेटको मौन धारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो। मौन धारणको अवधिमा मेस तामाङले अत्यन्तै भावुक ब्याकपाइप धुन प्रस्तुत गरेका थिए।

कार्यक्रम संयोजक तथा एनआरएनए यूकेका वरिष्ठ उपाध्यक्ष तीर्थबहादुर मल्लले स्वागत मन्तव्य व्यक्त गरेका थिए।   रश्मोरबोरो काउन्सिलका उपमेयर जीव बेलवासे र ब्रिटिश आर्मीका तर्फबाट 10 QOGLR का गोर्खा मेजर (मेजर विवेकजंग शाह, एमभीओ, एमबीई) ले मृतकहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। कार्यक्रम संस्थाका महासचिब जुरेन्द्र लिम्बुले संचालन गरेका थिए।

मृतकको परिवारका तर्फबाट साइला दाजु कमल पुर्जाले एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा लगायत सम्पूर्ण कार्यसमिति र उपस्थित महानुभावहरू लगायत जो जतिले निम्सदाइको शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। त्यस अवसरमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा अत्यन्तै भावुक हुँदै स्वर्गीय पुर्जालाई ‘महामानव’ को संज्ञा दिँदै नेपाल सरकारले जीवित रहँदा उनलाई नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा अनावश्यक सास्ती दिएको गुनासो समेत व्यक्त गरेका थिए। उनले गरेका साहसिक योगदान प्रति उच्च कदर गर्दै नेपाली मात्र नभई सन्सारले चिनेका ब्यक्ति प्रति सम्मान प्रकट गरेका थिए।

बेलायतस्थित नेपाली समुदाय र स्थानिय समुदाय, उपमेयर जीव बेल्बासे , काउन्सिलर उत्तर गुरुङ, पुर्ब काउन्सिलर, पहिलो महिला मिडवे पुर्व मेयर निना गुरुङ, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष, एनआरएनए पुर्व अध्यक्ष, ग्रेटर रश्मोर नेपाली कमिटीका अध्यक्ष, सहारा युके अध्यक्ष, पुर्ब अध्यक्ष, सीएनसीबीजीका अध्यक्ष लगायत अन्य संघ सस्थाका अध्यक्षहरु पर्वतारोहणप्रेमीहरूको बाक्लो उपस्थिति रहेको उक्त शोकसभाले दिवङ्गत आरोहीहरूप्रति उच्च सम्मान प्रकट गरेका थिए।

Related Articles

Back to top button