समाचार

प्रधानमन्त्री शाहले महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्नुहुँदै

काठमाडौँ, ३२ असारः प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्दै हुनुहुन्छ ।

केही समयपछि हुने उक्त बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनुहुने छ ।

Related Articles

Back to top button