आदिवासी

धनकुटामा आठपहरिया समुदायद्वारा सूचिकरणको माग गर्दै ज्ञापन पत्र

नारायण कुमार राई/धनकुटा,१५ बैसाख । मंगलबार आठपहरिया समुदायले आफ्नो संस्था किरात आठपहरिया समाज केन्द्रिय कार्य समितिको नेतृत्वमा चौथो पटक सूचिकरणको लागि जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका अध्यक्ष अष्ट आठपहरिया लगाएतको टोलीले नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकरण हुनपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्कालाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

आफ्नो समुदायको छुट्टै,भाषा,संस्कार,पहिचान तथा सरकारले तोकेको सबै सूचिकरणको मापदण्ड पुगेपनि राज्यले आठपहरिया जातिलाई सूचिकरण गर्न पटक पटक उदासिनता देखाएको समाजका महासचिव कोमल आठपहरियाले गुनासो गर्नुभयो ।

किरात राई यायोक्खाबाट छुट्टिएर यो आठपहरिया समुदायले २०५२ सालबाट आफ्नो जातिय संस्था दर्ता गरेर आफनो छुट्दै पहिचानको माग गर्दै आएका छन् ।

नेपालको जनगाणना २०७८ अनुसार हाल नगर क्षेत्रमा आठपहरिया जातिको ५ हजार ८ सय ७८ जनसंख्या रहेको छ ।

Related Articles

Back to top button