जिआरएनसीको त्रैमासिक बैठकमा नारी दिवस, नपाली बर्ष र भावी कार्य योजना सहित सम्पन्न

लण्डन। २५ अप्रेल शनिबार ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जिआरएनसी) ले सस्थाले आयोजना गरेको नेपाली नयां बर्ष २०८३ र अन्तराष्ट्रिय महिला दिवसको समिक्षा लगायत विभिन्न महत्त्वपूर्ण कार्य बिवरणका साथ त्रैमासिक बैठक सम्पन्न गरेको जानकारी सस्थाका महासचिव ले. रि.सुनिल रानाले जानकारी दिएका छन् ।
सस्थाका अध्यक्ष लिला सेलुङ माबोको अध्यक्षतामा बसेको बैठक पदाधिकारी, सस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु ट्रस्टिहरु, सल्लाहकारहरु, कार्यसमिति लगायत बिभिन्न शुभचिन्तक सदस्यहरुको उपस्थिति रहेको थियो।

बैठकमा गत मार्चमा अन्तराष्ट्रिय महिला दिवस (संयोजक उपाधक्ष्यअनिता राई) र अप्रेल १२ तारिख नेपाली नयां बर्षको संयोजक (उपाधक्ष्य उत्तर गुरुङ)को समिक्षा, आय ब्यय बिबरण देखि कार्यक्रमको सकारात्मक पक्षमा आमन्त्रित अतिथि लगायत नेपाली र स्थानिय जनसमुदायको उपस्थितिले अत्यन्तै भब्य र समय तालिकामा सम्पन्न भएको र सुधार गर्नु पर्ने समयमै टेबलको ब्यबस्था गर्नु पर्ने बिषयमा छलफल भएको थियो।
सस्थाका कोषाद्यक्ष मिलन रोकाबाट आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने आआफ्नो भनाई र जानकारीमा बिधान संशोधन र सि आई ओको बारेमा ट्रष्टी क्या.रि. ग्यारी घले, सुशीला मगर (प्रोजेक्ट मेनेजर) सन्जय राइले प्रोजेक्ट टुगेदर र सोसल मिडिया वेवसाईट भोलिन्टियरिङको बारेमा साथै जीआरएनसीमा हरेक दिन,हरेक हप्ता के के भै रहेको छ र नेपाली समुदायलाई हरेक क्षेत्रमा सर सल्लाह र सहयोग गरेको बारे सबैले पावर पोइन्टको माध्यमबाट प्रष्ट र पारदर्शी रुपमा प्रस्तुत गरेका थिए।
बैठकमा सस्थापक अध्यक्ष राज सुब्बा र वहांको श्रीमती सरिता पौडेललाई स्वागत साथै एकेन्द्र गुरुङलाई सल्हाकारमा स्वागत सम्मान तथा श्रेया गुरुङलाई नयां कार्यसमितिमा चयन गरिएको छ। उपस्थितिमा राम चन्द्र गुरुङ, क्या रि ग्यारी घले, ट्रष्टी टोप पल्ली, दिलरास् गुरुङ,जित मेयाङ्बो, बिशाल गुरुङ, बिमल गुरुङ, अनिता राई, साबित्रा राई, गोमा राना अनिल थापा लगायत अन्य ब्यक्तिको उपस्थिति रहेको थियो।
बैठकमा आगामी ६ जुनमा हुने भिक्टोरिया डे को संयोजक उपाध्यक्ष डा. बिशाल गुरुङ, अक्टोबरमा हुने रश्मोर १० के रनको संयोजक उपाध्यक्ष जित मेयाङबोले गर्ने भएका छन्।
अध्यक्ष माबोले यो आउने स्थानीय तहमा जिआरएनसीको चार जना Councilors उम्मेदवार हरुलाई सफलता को सुभकामना दिनु भयो भने सबै लाई वहा हरुलाई सक्दो सहयोग गरिदिनु हुन् पनि आग्रह गर्नु भयो।
जिआरएनसीले प्रकाशित गर्ने चिनारी पत्रिका आगामी डिसेम्बरको महाधिबेशनमा प्रकाशित गर्ने निर्णय पारित भएको छ।
अन्त्यमा अध्यक्ष माबोले उपस्थित सबै र अन्तराष्ट्रिय महिला दिवस र नयां बर्ष सफल पार्न अहोरात्र खटिनु हुने संयोजक उत्तर गुरुङ, बिज्नेस सेक्रेटरी दिलरास् गुरुङ , पदाधिकारी, कार्यसमिति, बिभिन्न संघ संस्था, पत्रकारहरु, ब्यबसायीहरु, प्रायोजकहरु, सास्कृतिक टिम, कलाकार, स साना कलाकार नानीहरु, अबिभावकहरु, खाना ब्यबस्था लगायत सबैलाई मुरी मुरी धन्यवाद दिदै आगामी हुने कार्यक्रमहरुमा पनि उपस्थित भइ यसरी नै सफल पारिदिनु हुन्छ भन्ने विस्वास राख्दै बैठक समापन गर्नु भएको थियो।




