आदिवासी

युकेको केन्टबासी फुरुम्बाे, पालुङवाहरुकाे भेटघाट

ज्ञानु फुरुम्बाे 'चरपे'

आसफोर्ड, गत २५ अगस्ट २०२४ आइबारका दिन युकेको आस्फाेर्ड केन्टमा बसाेबास गर्दै आएका फुरुम्बाे,पालुङवा सयङ दाजुभाईहरुकाे भेटघाट कार्यक्रम सम्पन्न गरिएकाे छ । बिहिबारे सभाहलमा आयाेजना गरिएकाे दाजुभाई भेटघाट कार्यक्रममा आस्फाेर्ड केन्टमा वसाेवास गर्दै आएका फुरुम्बाे,पालुङवा दाजुभाईहरुकाे उपस्थिती रहेकाे थियाे ।

विषेश गरि याे भेला आस्फाेर्ड केन्टमा बस्ने फुरुम्बाे,पालुङवा दाजु, भाईहरुकाे भेटघाट कार्यक्रम हाे । गत बर्ष बेलायतकाे फेल्थाममा युके भरि छरिएर बसेका दाजुभाईहरुकाे भेला गरिएकाे थियाे तर विभिन्न कारण बस यश बर्ष बिगत बर्ष झै हुन नसकेकाे र आउदाे बर्षमा मात्र सधै झै भेटघाट कार्यक्रम हुने भएकाे हुदाँ आस्फाेर्ड केन्ट भित्र बस्ने फुरुम्बाे, पालुङवा दाजुभाईहरुकाे मात्र भेटघाट गरिएकाे कार्यक्रम संयाेजक दिल पालुङवाले बताउनु भयाे ।

विगतको फुरुम्बाे पालुङवा भेलामा फुरुम्बाे दाजुभाईहरुको सहभागिता नभएको, नदेखिएकाेले र आस्फाेर्ड केन्टमा फुरुम्बाेहरुकाे अलिक धेरै वसोवास भएको हुदाँ नजिकवाट भेटघाट हाेस दाजु, भाईहरुकाे चिनजान नजिकबाट स्थापित हाेस भन्ने मुख्य साेच, उदेश्य र लक्ष्यका साथ भेटघाट कार्यक्रम आयाेजना गरिएकाे हाे ।

उक्त भेटघाट कार्यक्रममा चर्चित लिम्बू भाषा, पालाम हाक्पारे गायक जिवन केदेम, तत्कालै बेलायत आईपुगेका फुरुम्वो-पालुङवा सदस्यहरुलाई जेष्ठ अभिभावक रत्न फुरुम्वोवाट सिलाम साक्मा लगाएर स्वागत गरिएकाे गरिएकाे थियाे भने डा.भक्त फुरुम्वोलाई स्वागत सम्मान समेत गरिएकाे थियाे

भेटघाट कार्यक्रमलाई संगीतमय बनाउदै अतिथि कलाकार जीवन केदेम, भगवती थलङ, माक्सती ओख्राबुहरुकाे बिजाेड गायन प्रस्तुति रहेकाे थियाे । भने ओइसुम साबाँ, डेनिस पालुङवा र दिवान पालुङवाहरुकाे सानदार नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम दिल पालुङवाले संयाेजन गर्नु भएकाे थियाे ।

Related Articles

Back to top button