स्थानीय

धनकुटाको पाख्रीबासमा माघ्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–२ स्थित सान्नेमा नेपाल मगर संघ तथा पञ्चबुद्ध (बाङालोन) विहारको संयुक्त आयोजनामा माघ्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै यस्ता मौलिक चाडपर्वले सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने बताए।



कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पाख्रीबास नगरपालिकाका उपप्रमुख, २ नम्बर वडाका वडा अध्यक्ष चुडामणि मगर , नगरका विभिन्न वडाका वडाध्यक्ष, साथै विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले माघ्या सकराटी पर्व र मिना ल्हेस मगर समुदायको मौलिक संस्कृति, पहिचान र परम्परासँग गहिरो रूपमा जोडिएको चाड भएको उल्लेख गर्दै भावी पुस्तामा यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिएका थिए।

Related Articles

Back to top button