स्थानीय
धनकुटाको मुलघाट स्थित तमोर नदीमा हाम फालेर एक पुरुष बेपत्ता
धनकुटा,२६ मंसिर । धनकुटाको मुलघाट स्थित तमोर नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।
आज दिउंसो करिब २ बजे जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाट स्थित तमोर नदीमा नाम थर वतन नखुलेको अन्दाजी ५०/६० बर्षिय एक पुरुष हाम फालेर बेपत्ता भएका हुन् ।
निज पुरुषले ढाका टोपी ,कालो स्टकोट, गलबन्दी लगाएको अन्दाजी ५.५ फिट उचाई भएको हेर्दा मंगोलियन जस्तो देखिने पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
स्थानीयहरुले प्रहरीलाई जानकारी गराउन साथ तत्काल नेपाल प्रहरी टोली र सशस्त्र प्रहरी टोली खटि गई खोजतलास कार्य तथा आफन्तको समेत पहिचान गर्ने कार्य भई रहेको प्रहरीले जनाएको छ ।




