समाचार

लिम्बु पत्रकार संघ सुनसरीद्वारा बैठक र सम्मान कार्यक्रम सम्पन्न

१४ नाेभेम्बर, विजयपुर । लिम्बु पत्रकार संघ सुनसरीले आज आफ्नै कार्यालयमा विविध विषयमा छलफल गर्दै बैठक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका क्रममा एकसुका अभियानमा पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने १२ जना दाताहरूलाई सिलामसाक्मा, खदा र धन्यवाद–पत्रद्वारा सम्मान गरिएको थियो। सम्मानितमध्ये पत्रकार रोहित कोयु राई र शेखरनाथ योगि पनि रहेका छन्। सम्मानपत्र वरिष्ठ पत्रकार हर्ष सुब्बा र लिप्सका केन्द्रीय सल्लाहकार मोहन कुमार हुक्पा चोङ्बाङले प्रदान गरेका थिए ।

सो अवसरमा अध्यक्ष स्वर्णिमहाङ फोम्बो लिम्बूले एकसुका अभियानमार्फत संकलित रकम, नाम्लिङ–लारिङ्गेबाट प्राप्त दक्षिणा तथा संस्थाको आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।

कार्यक्रममा सविता राई, शेखर योगी, हिन्दु सम्बाहाङ्फे, शुवर्ण नेम्बाङ, तिर्थराज मादेम्बा, चन्द्रमाया लिम्बू र हर्ष सुब्बाले शुभकामना मन्तव्य दिएका थिए ।

बैठकले पावन लावती, सुमन कुरुम्बाङ र सन्तोष तुम्बापोलाई कार्यसमिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । साथै, कार्यालयका लागि स्टेसनरी सामग्री तथा एक थान साउन्ड बक्स खरिद गर्ने र कार्यसमितिको नामावली बोर्ड तयार गर्ने निर्णय पनि गरिएको छ ।

कार्यक्रम तथा बैठक संघका अध्यक्ष स्वर्णिमहाङ फोम्बो लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।

Related Articles

Back to top button