समाचार
९औं यलम्बर हाङ ब्याडमिन्टन ओपन प्रतियोगिता भव्य रूपमा सम्पन्न

समाचारदाताः लिला सेलिङ माबो
लण्डन। किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा शनिबार, १ नोभेम्बर २०२५ का दिन एल्डरसटस्थित गेरीसन स्पोर्ट्स सेन्टरमा ९औं यलम्बर हाङ ब्याडमिन्टन ओपन प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमका समन्वयक दिपेन्द्र याक्सो, सह–समन्वयक सकुन नेम्बाङ र कोषाध्यक्ष खगेन्द्र लावती रहनुभयो।

1. पुरुष सिंगल्स (१६ टिम)
• विजेता: एम. फाधिल
• उपविजेता: सिजन राई
2. पुरुष डबल्स – क्याट ‘A’ (८ टिम)
• विजेता: सिज्जा / दिपचन
• उपविजेता: जोसेफ / सुदीप
3. पुरुष डबल्स – क्याट ‘B’ (१६ टिम)
• विजेता: रोहित / मनोज
• उपविजेता: अनिश / जतिन
4. पुरुष डबल्स – क्याट ‘C’ (१३ टिम)
• विजेता: राज / मणि
• उपविजेता: नविन / सञ्जीव
5. भेट्रान डबल्स (१० टिम)
• विजेता: प्रकाश / दिनेश
• उपविजेता: पदम / बिजय
6. सिनियर भेट्रान डबल्स (५ टिम)
• विजेता: बिर्खा / विष्णु
• उपविजेता: खे्म / राजिन
7. मिक्स डबल्स (९ टिम)
• विजेता: सन्तोष / पूजा
• उपविजेता: मनोज / रामिला
8. महिला डबल्स (९ टिम)
• विजेता: रामिला / लिजा
• उपविजेता: सकुन / पूजा
प्रतियोगिताका समूह र विजेता–उपविजेतापुरस्कार वितरण समारोह एल्डरसटस्थित ओजोन रेस्टुरेन्टमा सम्पन्न भयो। कार्यक्रममा कि.या.चु. यूकेकी अध्यक्ष कमला लिम्बू, पूर्व उपाध्यक्ष तथा हालका जी.आर.एन.सी. अध्यक्ष लिला सेलिङ माबो, साथै विभिन्न क्लबका प्रतिनिधि र अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कि.या.चु. यूकेका खेलकुद संयोजक भगिश्वर फागो चोङबाङले प्रशासनिक व्यवस्थापनमा सहयोग गरेका थिए।
कार्यक्रमको सञ्चालन समन्वयक तथा कि.या.चु. यूकेका उपाध्यक्ष दिपेन्द्र याक्सो र सह–सचिव सकुन नेम्बाङले गर्नुभएको थियो। उहाँहरूले प्रतियोगिताका प्रायोजक, खेलाडीहरू र सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै, ओजोन रेस्टुरेन्टलाई पुरस्कार वितरण स्थल उपलब्ध गराएकोमा विशेष आभार प्रकट गरेका थिए।




