स्थानीय
इलाममा मेयरलाई स्थानीय युवाहरुले चामल र तेल सहित राहत सामग्री गरे हस्तान्तरण

ईलाम । ईलामको देउमाई नगरपालिकाका मेयरलाई स्थानीय युवाहरुले नै चामल र तेलसहित राहत सामग्री हस्तान्तरण गरेका छन्।
बाढी–पहिरोपीडितप्रति मेयरले वास्ता नगरेको भन्दै युवाहरुले यस्तो विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले मेयरले स्थलगत भ्रमण नगरी र राहत वितरणमा कुनै चासो नदेखाएको आरोप लगाएका छन्।
युवाहरुले प्रतीकात्मक रुपमा चामल, तेल र अन्य दैनिक उपभोग्य सामग्री बोकेर मेयरलाई हस्तान्तरण गरेका थिए। उनीहरुले जनप्रतिनिधिले विपद्का बेला जनताको दुखमा साथ नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।




