एनआरएनए र प्रतिष्ठानले बहुभाषिक साहित्यिक कार्यक्रम गर्दै

८ अक्टोबर, काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले नेपाल प्रज्ञा प्रतिष्ठानसँगकाे सहकार्यमा साहित्यिक सङ्गाेष्ठी तथा सिर्जना वाचन कार्यक्रम गर्ने भएको छ । एनआरएनएकाे भाषा साहित्य समितिले प्रतिष्ठानसँग मिलेर बहुभाषिक सिर्जना वाचन गर्ने भएको हाे ।
बिहीबार प्रतिष्ठानकाे देवकोटा कक्षमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा डेढ दर्जन बढी मातृभाषाका सर्जकहरूले सिर्जना सुनाउने आयोजक एनआरएनएका उपाध्यक्ष एवम् भाषा साहित्य समिति संयाेजक विश्वासदीप तिगेलाले जनाए । प्रतिष्ठानका कुलपति भूपाल राई र एनआरएनएका अध्यक्ष महेश श्रेष्ठकाे उपस्थिति रहनेछ ।
गाेष्ठीमा खस नेपाली, याक्थुङ, तामाङ, नेपाल, शेर्पा, बान्तावा राई, चाम्लिङ राई, वाम्बुले राई, ढुट मगर, खाम मगर, काइके मगर, राजवंशी, थामी, धिमाल, डाेट्याली, राना थारू, दगाैडा थारू, सुनुवार, मैथिली, अवधी, भाेजपुरी भाषाहरूमा सिर्जना वाचन हुने प्रतिष्ठानका प्राज्ञ एवम् मातृभाषा विभाग प्रमुख राजन मुकारुङले जानकारी दिए ।
गाेष्ठीमा सर्जक, साँस्कृतिक अभियन्ता, सामाजिक व्यक्तित्वहरूकाे उपस्थिति रहने एनआरएनएका भाषा साहित्य समितिले जनाएको छ ।




