
२८ सेप्टेम्बर, धनकुटा । धनकुटाकाे चुलिवनस्थित पार्कमा रहेको साँस्कृतिक सहिदद्वय रिदामा र राम्लिहाङ आठपहरियाकाे प्रतिमामा अभियन्ताहरूले रङ्गराेगन र परिसरमा सरसफाइ गरेका छन् ।
साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा सन् १८६७ मा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गर्दै शालिक परिसरमा सरसफाइ र रङ्गराेगन गरेका हुन् ।

सहादत प्राप्त गरेको १५९ औँ स्मृति दिवसको सन्दर्भमा नेपालका अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गर्दै प्रतिमामा रङ्गराेगन गरेको निमा पाेङ्सुवाले जनाए ।आठपहरिया समाज धनकुटाकी पूर्व अध्यक्ष सरु कुमारी आठपहरियाकाे उपस्थितिमा पाेङ्सुवासहित अन्य साँस्कृतिक अभियन्ताहरू जनकऋषि चाम्लिङ राई, दिनेश बान्तावा राई र अमित थेवेकाे टाेलीले चुलिवन पार्कमा पुगेर सरसफाइसहित रङ्गराेगन गरेको थियोे । यस कार्य सम्पन्न गर्न अमेरिकामा रहेका अभियन्ता सुरेश चाम्लिङले साैजन्य गरेका थिए ।

धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको स्मरणमा यसपटक पनि स्मृति सभा हुने भएको छ । विगत सात वर्षदेखि बेलायत र छ वर्षदेखि नेपालमा सहिदहरूकाे स्मरण र प्रतिमामा माल्यार्पण गरिँदै आएको छ । यसपटक अक्टोबर २ तारिख तद्नुसार असाेज १६ गते चुलिवनमा स्मृति सभा हुने भएको छ ।






