राजनीतिसमाचार

मलेसियामा संयुक्त पहिचानवादी मोर्चा गठन

मे १२, क्वालालम्पुर । प्रवासमा रहेका पहिचानवादीहरूलाई सङ्गठित गर्ने क्रममा मलेसियामा पनि संयुक्त पहिचानवादी माेर्चा गठन भएको छ ।

मलेसियामा रहेका पहिचानवादिहरुको भेलाले  इन्द्र लुम्फुङवाको संयोजकत्वमा ३७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा, मलेसिया गठन गरेको छ । गत मे ११ तारिख आइतबारका दिन पहिचानवादी मोर्चाका सङ्घीय संयोजक प्रा.डा. महेन्द्र लाओतीको प्रमुख आतिथ्यमा समिति निर्माण भएको थियोे ।

भेलामा उपस्थित पहिचानवादी नेता कार्यकर्ताहरू ।

समितिका सह संयोजकहरूमा अटल सेनेहाङ र बाल ध्वोज लिम्बु, सदस्य सचिवमा विकेन्द्र मादेन, सहसचिवमा छवि खजुम, कोषाध्यक्षमा सन्तोष इजम, सह कोषाध्यक्षमा पदम लिम्बु छन् । त्यसैगरी, सदस्यहरूमा सुमन ऐक्तेन, तुला नेयोङ, गोकुल लिम्बु, चन्द्र लिम्बु, कैलाश आङदेम्बे, निमेष मादेन, लोक येङदेन, भरत केदेम, सन्तोष कुमार राई, डम्बर राई, टीआर साम्सुहाङ, इन्द्र आङबुहाङ, हेमराज नेम्बाङ, श्याम लिम्बु, सानुमाया सेनेहाङ, सुनिता जवेगू, विनिता लुम्फुङवा लिम्बु, सुदीप इङ्नाम, मान प्रसाद लिम्बु, उमा खजुम, दुर्गा कुमार देवान, आशिष माबोहाङ, हेमराज नामसाङ, नरेश लक्सम, पदम लिम्बु छन् ।

पाँच सदस्यीय सल्लाहकारहरूमा जितमान इम्बुङ, कृष्ण आङदेम्बे, विपिन राई, बल बहादुर गुरुङ र दिल कुमार केरुङ रहेका छन् ।

Related Articles

Back to top button