फाल्गुनन्द गापामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

२२ अप्रिल, पान्थर । फाल्गुनन्द गाउँपालिकाकाे घुर्बिसे पञ्चमीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन भएको छ । फाल्गुनन्द गापा-५ स्थित घुर्बिसे पन्चमी बचत तथा ऋण सहकारी संस्थाकाे आयाेजनामा स्वास्थ्य शिविर राखिएको थियोे ।
वेलनेस फाउन्डेशन दमककाे प्राविधिक सहयाेगमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविर रातकाे नाै बजेसम्म सञ्चालनमा आएको थियोे । शिविरबाट १९७ जना लाभान्वित भएका थिए । उनीहरूको स्वास्थ्य परीक्षण, रगत परीक्षण, नि:शुल्क ओैषाधी वितरण गरिएको थियोे । तीमध्ये २५ जनालाई सर्जरी सेवा प्रदान गरिएको थियोे । वेलनेसकाे टिमलाई धन्यवाद पत्र सहकारी संस्थाका अध्यक्ष विर्णसिं चेम्जोङले प्रदान गरेका थिए ।
भीआईए पाठेघरको मुखमा लाग्ने क्यानसरकाे नि:शुल्क परीक्षण समेत भएको थियोे । जसमा ४१ महिलाले यो सेवा लिएका थिए । तीमध्ये एक जना महिला संक्रमित रहेको स्त्रीरोग विशेषज्ञ चिकित्सकले बताए । संक्रमित महिलालाई दमककाे लाईफ गार्ड क्लिनिकमा उपचारका लागि रिफर समेत गरिएको छ । सो शिविरमा जम्मा ६७ जनाले नि:शुल्क रगत परीक्षणकाे सेवा लिएको वेलनेस फाउन्डेसनले जनाएको छ ।