युके विशेष

आस्फाेर्ड केन्टमा सामुहिक माङगेन्ना ३० मार्च, आइबार हुदै

सिक्कुम फुरुम्बाे चरपे ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रि्य समिति युकेको आयाेजनामा ३० मार्च २०२५ आइबारका दिन बेलायतको आस्फाेर्ड केन्टमा बसाेबास गर्दै आएका किरात धर्मलवम्बीहरुको सामुहिक आप्लुङगेन्न ताङसेप चाेमेन माङगेन्ना सेवा हुने भएको छ ।

हरेक बर्ष बेलायतकाे विभिन्न स्थानमा बसाेबास गर्दै आएका किरात धर्मलवम्बीहरुको सामुहिक आप्लुङगेन्न ताङसेप चाेमेन माङगेन्ना सेवा किरात साम्जिक मुन्धुम,संस्कार अनुसार हुने गरेको छ ।

गत बर्ष झै याे पालि पनि आस्फाेर्ड केन्टमा रहेका किरात धर्मलवम्बीहरुको बाक्लाे उपस्थितिमा, साम्दाङगेन्न वरुम साबा र माङसेवा साबाहरुकाे सामुहिक किरात साम्जिक मुन्धुम वाचनद्वारा माङगेन्ना हुने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके उपाध्यक्ष तथा सामुहिक माङगेन्ना सेवा कार्यक्रम केन्टका संयाेजक निर्मल पतङवाले जानकारी गराउनु भयाे ।

विशेष गरि किरातीहरुले परम्परा देखि माैलिक रुपमा गर्दै आएका धार्मिक कर्म, संस्कार मध्ये माङगेन्ना एक महत्पुर्ण कर्म संस्कार हो । माङगेन्ना भनेकाे शिर हो । शिरलाई सधै उच्च पवित्र राख्न माङसेवा साबाहरुद्वारा साम्जीक मुन्धुम वचन गरेर माङगेन्ना उठाउने गरिन्छ । यदि माङगेन्न ढल्याे भने माङगेन्ना चाेत्लुङको फुल ओईलियाे भने कहिले हाकेकाे, ताकेकाे, साेचेकाे केही नपुग्ने र चाेट, पटक लाग्ने, आखिडाही लाग्ने, मानिस बिराम हुने साथ मृत्य सम्म हुने परम्परा देखि जनविश्वस रहि आएकाे छ ।

धार्मिक जनविश्वस र साम्जिक मुन्धुम अनुसार आत्मा रक्षाका लागि ६/६ महिनामा अथवा बर्षकाे २ पटक माङगेन्ना गर्नुपर्ने हुन्छ । यसरी माङगेन्ना गर्नाले आत्मा रक्षा हुनका साथै जीवनमा सुख शान्ति हुने मुल्यमान्यता भएकाेले हरेक बर्ष माङगेन्न गरिने गरिन्छ ।

Related Articles

Back to top button