युके विशेष

मुक्कुमलुङ ताङसेप आन्दोलन बिषयक अन्तरक्रिया सम्पन्न

- ज्ञानु फुरुम्बो ‘सिक्कुम चरपे’

आसफोर्ड युके,
गत २०अक्टुबर २०२४ शनिबारका दिन नेपालको पुर्ब ताप्लेजुङमा लामो समय देखि भईरहेको मुक्कुमलुङ ताङसेप आन्दोलनको बिषयमा विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधीहरुको उपस्थितिमा सागरमाथा गोर्खा नेपाली समाज आसफोर्ड केन्टको सभाहलमा बृहत् छलफल अन्तरकृया भएको थियो ।

लिम्बुवान नागरिक समाज युकेको संयोजन तथा तुतु तुम्याहाङ दिल सम्वाहाङफेको अध्यक्षतामा भएको उक्त मुक्कुमलुङ आन्दोलन बिषयक अन्तरक्रियामा उपस्थित तुतुम्याङहाङहरुले मुक्कुमलुङ सम्बन्धी आफ्ना धारणा राखेको थिए ।

उपस्थित बुद्विजीवीहरुले मुक्कुमलुङ बिश्वमा छरिएर बसेका सिंगो याक्थुहरुको मुन्धुम स्थल र माङगेन्ना लुङथुङ हुनका साथै विभिन्न भाषा, धर्म बोल्ने र मान्नेहरुको पनि पवित्र स्थल हो त्यहा कुनै हालतमा केवलकार निमार्ण हुन हुन्दैन र जो स्थलगत आन्दोलनमा हुमिएका छन उनिहरुलाई विभिन्न कोणबाट साथ सहयोग दिनु पर्छ र प्राचीन नाम मुक्कुमलुङ पुन स्थापित हुनु पर्छ पाथीभरा भनेको मुक्कुमलुङलाई अतिक्रमण गरेर पाथीभरा राखिएको मान्य हुन मुक्कुमलुङ हुनु पर्छ र संसारमा छरिएरका याक्थुङ लगायत मुक्कुमलुङ प्रति आस्थावान सबै एक भएर साथ दिन पर्छ भनेर सबैले आफ्ना धारणा राखेका थिए ।

याक्थुङ लिम्बुहरुको चोत्लुङसंग जोडिएको मुन्धुमी स्थल मुक्कुमलुङमा निजि कम्पनीले केवलकार निमार्ण गर्न लागे पछि बिगत ६ बर्ष अगाडि देखि निमार्ण पक्ष र आन्दोलकारी बिच घमासन बिवाद हुन्दै आएरहेको अबस्थामा अहिले यो आन्दोलन राष्ट्रिय अन्तराष्ट्रि स्तरमा चर्चा भईरहेको छ ।

पाथीभरा क्षेत्र बिकासले स्थानीय नाम समेटन नसक्नु जनताको इच्छा आकाक्षा र भावना बिपरित काम गर्नु कमेसन भ्रष्टचारको सौदा बाजिमा आदिमकाल देखि बसोबास गर्दै आएका रैथाने याक्थुङ लिम्बुहरुको मुन्धुम स्थललाई निजि कम्पनीलाई दिएर ब्यापारिक केन्द्र बनाउन लाग्नु बिकासको नारा दिएर स्थानीय जनतालाई उल्लु बनाउनु कुनै परामर्श नलिनु नै मुख्य बिवादको जग बन्नेको हो ।

नागरिक समाजका महासचिब लाहांग चेम्जोंगले संचालन गरेका थिए भने आन्दोलन सहयोग संयोजक दिल सम्बाहाम्फेको सभापतित्व रहेको थियो ।

Related Articles

Back to top button