NRNA Special

एनआरएन युकेको पत्रकार सम्मेलन मार्फत निर्वाचन तालिका सार्वजनिक (२ मिनेटको भिडियो सहित)

सदस्य लिने अन्तिम मिति १५ मार्च, निर्वाचन २३ मार्चमा

लन्डन । गत २ मार्च २०२५ का दिन गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युकेको निर्वाचन समितिले एक पत्रकार सम्मेलन गरि एकता अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

अल्डरसटको एक रेष्टुरेन्टमा निर्वाचन समितिका संयोजक डा. भिम पुनको अध्यक्षतामा एक पत्रकार सम्मेलन गरी निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

सदस्य सचिव विश्वासदीप तिगेलाले घोषणा गरेको निर्वाचन तालिकाअनुसार सदस्य बन्ने अन्तिम समयसीमा १५ मार्च मध्यरातसम्म तोकिएको छ । मतदाता नामावली प्रकाशन १६ मार्च अपरान्ह ५ बजे हुनेछ भने सदस्यतामाथि दावी विरोधका लागि १७ मार्च ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

त्यस्तै, उम्मेदवारी दर्ता १९ मार्च ५ बजेसम्म तथा उम्मेदवारीउपर दावी विरोधको समयसीमा २० मार्च दिउसो एक बजेसम्म राखिएको छ ।

उम्मेदवारी फिर्ताका लागि २० मार्च दिउसो ३ बजेसम्म र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन २० मार्च सांझ ७ बजेको समय तोकिएको समितिले जनाएको छ ।

२१ मार्च २०२५ दिउसो उम्मेदवारहरुका प्रतिवद्धता सार्वजनिक गरिने र २३ मार्चका दिन निर्वाचन, नतिजा घोषणा र शपथ हुने समितिले जनाएको छ ।

निर्वाचन समिति

अधिवेशनले ३६ सदस्यीय राष्ट्रिय समन्वय परिषद गठन गर्नेछ । अध्यक्ष र आइसीसी पदको उम्मेदवारी दिन एकहजार पाउण्ड, उपाध्यक्ष र महासचिव उम्मेदवारका लागि ५०० पाउण्ड, सचिव, महिला सचिव र कोषाध्यक्ष पदका लागि ३०० पाउण्ड, सहकोषाध्यक्ष, महिला संयोजक, र युवा संयोजक उम्मेदवारले २०० पाउण्ड एवं १८ सदस्यहरुले उम्मेदवारी शुल्क १०० पाउण्ड निर्धारण गरिएको छ । भौतिक रुपमा उपस्थित भएर उम्मेदवारी र मतदान दिनुपर्ने समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्यद्धय राजकुमार त्रिपाठी र टेक बहादुर थापा (खस) ले धांधलीरहित, पारदर्शी बनाउनु निर्वाचन कमिटीको दायित्व भएको बताउंदै त्यसमा कुनै सम्झौता नगरिने प्रतिवद्धता जाहेर गरे ।

निर्वाचन समितिको पत्रकार सम्मेलन लगतै दोस्रो चरणमा ५२७ सदस्य मुल आयोजक समितिको पत्रकार सम्मेलन भयो । मुल आयोजक समितिका अध्यक्ष योगेन्द्र क्षेत्रीको अध्यक्षता रहेको थियो भने संचालन आयोजक समितिका सचिव राजकुमार त्रिपाठीले गरेका थिए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, तमुधिं यूके पूर्व अध्यक्ष ज्ञाम गुरुङ, पूर्व डिएसपी वाचस्पति रेग्मी, पूर्व काउन्सिलर प्रवेश केसी, एनआरएनए यूके गोर्खा टास्क फोर्सका प्रमुख संयोजक ओमप्रसाद थापा काउचा आफ्नो मन्तब्य राखे भने एनआरएनए उपाध्यक्ष थर्क सेनले सदस्यता लिएर बेलायत र नेपालमा हुने अधिवेशनमा सहभागी हुन अपिल गरे । सेनले एनआरएनए यूके अधिवेशनमा डा. शेष घले आउने जनाउंदै अधिवेशनको सामूहिक जिम्मेवारी पूरा गर्न सबैमा आग्रह गरेका थिए । त्यस्तैगरि एनआरएनए युके संरक्षकहरु भरत रोका क्षेत्री र वीर बहादुर थापा, एनआरएनए यूके आइसीसी सदस्य शारदा गुरुङ, क्याप्टेन रि. हितमान गुरुङ, नरमती पुन, बडी बिल्डिङ यूके अध्यक्ष गंगा गुरुङ लगायतले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख संरक्षक डेभिड गुरुङले एकता अधिवेशनको गहन जिम्मेवारी लिएको भन्दै मुल आयोजक समिति संयोजक योगेन क्षेत्री, आरके त्रिपाठी लगायतलाई फेटा ओढाएर सम्मान गर्दै एकताको अधिवेश सफल बनाउन सबैजना लाग्न आब्हान गरे ।

सदस्य बन्न यो लिंकमा किल्क गर्नुहोस >>>

Related Articles

Back to top button