युके विशेष

जनता समाजवादी पार्टी आबद्ध नेपाली समाज युकेले ११औं स्थापना दिवस मनायो

लण्डन,
गत ११ फेब्रुवरी २०२४ का दिन जनता समाजवादी पार्टी, नेपालको प्रवास अंग नेपाली समाज युकेले आफ्नो ११औं स्थापना दिवस मनाएको छ ।

युकेको रिडिंगमा भएको विस्तारित बैठकमा केक काटेर स्थापना दिवस मनाएका हुन । सो बैठक संघीय परिषद सदस्य जंगबहादुर सुनुवारको प्रमुख आतिथ्य र प्रवास बिशेष प्रदेश समितिको अध्यक्ष विश्वास दीप तिगेलाको विशिष्ट आतिथ्यतामा भएको थियो ।

बैठकमा नेपालमै माथिल्लो तहमा नेतृत्व गरिसकेका र युकेमा स्थायी रुपमा पाल्नु भएका नेताहरुहरुलाई कसरी आबद्धता गराउने विषयमा गम्भिर छलफल भएको थियो । नेपाल केन्द्रमै नेतृत्व गरिसकेको अवस्था एकातिर भने प्रवास युकेमै पनि संगठनको संरचान संस्थागत भईसकेको कारण शिधै युके समितिका पदाधिकारीहरुलाई लत्याएर पदीय जिम्मेवारी दिन अप्ठयारो हुने कुरालाई मनन गर्दै नेपालबाट युके आउनु भएका केन्द्रीय तहका नेतालाई प्राविधिक रुपमा उच्च सम्मान सहित शुरुमा युके समितिमा रहनु पर्ने तर अन्यको तुलनामा चाडै जिम्मेवारीमा पदोन्नति गर्ने निर्णय गरयो ।

आउदो जेठ २०८१ मा हुन गईरहेको पार्टीको केन्द्रीय महाधिवेशनको निमित्त यथासक्दो चाडो सांगठानिक विवरण पठाउने र नयाँहरुलाई समितिमा समेट्दै निष्कृयहरुलाई हटाउने निर्णय गरयो ।

बैठकमा युके ईन्चार्ज धर्म बहादुर तामाङ, समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष हेमन्त राई, समाजवादी विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव रामचन्द्र राई, भीम गुरुङ, देव बहादुर राई लगायतको सहभागिता रहेको थियो भने सन्तोष राईलाई सचिवमा मनोनयन गर्यो ।

नेपाली समाज युकेका अध्यक्ष कमल थुलुङको सभापतित्वमा भएको कार्यक्रमलाई सहसचिब भिम गुरुङले संचालन गरेका थिए । साथै नेपाली समाज रिडिङ शाखाको सहसचिव लाल सुनुवारको भर्खरै भएको निधन प्रति शोक प्रस्ताव पनि पारित गर्नुको साथै बैठक लगतै निजको घरमै पुगेर श्रद्धान्जली एवं शोक सन्तप्त परिवारमा पार्टीको तर्फबाट समवेदना ब्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button