साहित्य सिर्जनास्थानीय

कवि पराजित पाेमुकाे एकल कविता वाचन हुँदै

२८ सेप्टेम्बर, भराैल(सुनसरी)। कवि पराजित पाेमुकाे एकल कविता वाचन कार्यक्रम हुने भएको छ । स्वर्णिम साहित्य समाज सुनसरीको आयोजना कवि पाेमुकाे एकल कविता वाचन कार्यक्रम हुन लागेको हाे ।

समाजकाे चाैथाे साधारणसभाकाे उपलक्ष्यमा ताप्लेजुङका कवि पाेमुकाे एकल कविता वाचन राखिएको अध्यक्ष प्रकाश दिप्साली राईले बताए । शनिबार असाेज १३ (सेप्टेम्बर ३०) मा बराहक्षेत्र नगरपालिकाकाे वडा नम्बर ३ काे सभाहलमा हुने कार्यक्रम वडा अध्यक्ष राजदीप लामाको प्रमुख आतिथ्यमा हुँदैछ । त्यस्तै, चर्चित कवि देवान किराती वक्ताका रूपमा सहभागी हुँदैछन् । पाेमुकाे सिर्जना वाचनसँगै बराहक्षेत्रकै कविहरू नदी राई, वर्षा भण्डारी र सविता फागाे चाेङवाङहरूले समेत साथ दिँदैछन् । कार्यक्रमलाई चतरा साहित्यपक मञ्चले समेत सहयोग गर्ने भएको छ ।

कवि पराजित पाेमु करिब आठ महिनाअघि दक्षिण काेरियाबाट फिरेका थिए । उनी एक दशक प्रवासमा रहँदा इतर अभियानका प्रवर्तक समेत बने । त्यस्त‌ै, आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ दक्षिण काेरियाका संस्थापक अध्यक्ष भए । उनकाे पछिल्लो कविता सङ्ग्रह ‘मद्वारा मेरो निर्माण’ गत जनवरीमा सार्वजनिक भएको थियोे । यसअघि उनको ‘लेप्मुहाङकाे डुङ्गा’ कविता कृति प्रकाशित भएको थियोे । उनले ३३८ कविहरूका सिर्जना समेटिएको ‘इतर कविता’, ‘भुइँ मान्छेका आवाज’, ‘याे मेसिनको सहर’ कविता सङ्ग्रहहरू समेत सम्पादन गरेका छन् । कवि पाेमु मुख्यतः आदिवासी सिमान्तकृतहरूकाे विम्ब प्रयाेग गर्नमा खप्पिस मानिन्छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button