समाचार

उपन्यासको पात्र शिवराजको हातबाट उरमाल लोकार्पण

उपन्यासमार्फत काबिमाेले हराएको अनुहारहरुलाई अघि ल्याएकाे धारणा

२९ जनवरी, वीरपाडा । छुदेन काविमोको नयाँ उपन्यास उरमालको भारत संस्करण आज विधिविध रुपमा लोकार्पण गरियो। उरमाल कथाकै एक पात्र शिवराज, लेखक छुदेन काविमो र पूर्णिमा प्रधानको बाहुलीबाट संयुक्त रुपमा गरियो । कथाकै पात्रको रुपमा रहेका शिवराजले उपन्यासको विमोचन गर्दै भने, काविमोले चिया उमार्नेहरूको कथा मात्र लेखेनन् । हराएका अनुहारहरू र पात्रहरूलाई पनि उपन्यास मार्फत अघि ल्याएका छन् ।

नेपालको लोकार्पण पछि उरमाल लिएर टोलीले सात दिनसम्म भारतमा किताब यात्रा गर्ने योजना बनाएको छ। सोही अभियान अनुरूप आज प्रथम दिन वीरपाडाबाट उक्त यात्रा शुरू गरेको छ । वीरपाडाको पथेरसाथी होटलमा लोकार्पण कार्यक्रम आज सम्पन्न भएको थियो। रविन खवासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ साहित्यकार मननारायण प्रधान मुख्य अतिथिको रुपमा उपस्थित थिए ।

लाेकार्पण कार्यक्रमकाे एक झलक ।

कार्यक्रममा सर्जक छुदेन काविमो अनि डा. रुद्र छेत्री बीच उरमाल लेखनमाथि बहस सम्पन्न भएको थियो। यसपश्चात कार्यक्रमको मुख्य आकर्षण “डुवर्सेली साहित्य: दशा र दिशा” बारे माथि रोचक बहस भएको थियो । बहसमा आख्यानकार पवित्र लामा र समालोचक रूपेश शर्मा स्रोत व्यक्तिको रुपमा उपस्थित थिए भने बहसलाई शोधार्थी माया शर्माले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रकाशक सुरज रोसूरीले राम्रो कृतिको वितरण व्यवस्थापन राम्रोसँग हुनु पर्ने बताए।
आगामी सात दिन सम्म क्रमिक रुपमा चल्ने उरमाल यात्रामा सबैलाई सहभागिता जनाइ दिने अनुरोध पनि गरे।
उरमाल टोली भोलि गोरुबथानमा पुग्ने उनले जानकारी दिएका छन् ।

Related Articles

Back to top button