समाचार
याक्थुङ युवा मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा कुसाहाङ थेबे लिम्बु

२४ नाेभेम्बर, विजयपुर । याक्थुङ युवा मञ्चमा रिक्त रहेको पदपूर्ति गर्दै नयाँ कार्यसमिति चयन तथा विस्तार गरिएको छ। मञ्चको गतिविधि र सङ्गठनलाई थप सशक्त बनाउने उद्देश्यले कुसाहाङ थेबे लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा ताइचिङ खवाहाङ लिम्बु र टिकु लिम्बु चेम्जोङ, सचिवमा गंगा योङहाङ, सह-सचिवमा नामसाङ लिम्बू तथा कोषाध्यक्षमा समय लिम्बू चयन भएका छन् ।
त्यसैगरी, मञ्चको कार्यसमितिलाई थप बलियो बनाउन ११ जना नयाँ सदस्यहरू मनोनयन तथा चयन गरिएको छ । सदस्यहरूमा टोम आङ्बुहाङ लिम्बु, समृत लिम्बु, बिसु लिम्बू, समीर लिम्बू, प्रमोद लिम्बू, रोहित लिम्बू, गंग प्रसाद लिम्बू, साजन लिम्बू, सुमन लिम्बू, सुरज लिम्बू र राजेश मेन्याङ्बो रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई समुदायका अग्रज तथा शुभचिन्तकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नयाँ नेतृत्वको आगमनसँगै याक्थुङ समुदायको हकहित, भाषा, कला, संस्कृतिको संरक्षण तथा युवा सशक्तीकरणका क्षेत्रमा मञ्चले अझै प्रभावकारी र उदाहरणीय कार्य गर्ने विश्वास लिइएको छ।




