समाचारसाहित्य सिर्जना
Trending

थेगुवाको सपनाहरूको बहीमाथि विमर्श

१ अक्टोबर, इटहरी । कवि अभागी थेगुवाको कविता कृति ‘सपनाहरूको बही’ उपर विमर्श गरिएको छ । विज्ञान साहित्यका अभियन्ता थेगुवाको सङ्ग्रहको विमर्श याक्थुङ भाषा साहित्य समाजको आयोजनामा इटहरीमा सम्पन्न गरिएको हो।

च्याब्रुङ (के) बाजा बजाएर कार्यक्रम उद्घाटन गर्दै प्राज्ञ मुनराज शेर्मा ।

शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ एवम् साहित्यकार मुनाराज शेर्माकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थेगुवाकाे कृतित्व र व्यक्तित्व दुवैको चर्चा भएको थियोे ।

कार्यक्रममा कवि थेगुवाको कृतिममथि प्यानल बहस राखिएको थियो । जसको सहजकर्ता कवि एवम् साँस्कृतिक अध्येता अमित थेवे थिए । प्यानलमा प्रखर कविहरु मनु मञ्जिल, देवान किराँती र टीका आत्रेयले कृतिलाई मसिनो गरि केलाएका थिए ।

मिथकहरुको अधिकतम् प्रयोग गरिएको यो सपनाहरूको बही एक उत्कृष्ट कविता कृति बनेको कवि मनु मञ्जिलले बताए । ‘पहिचान विश्वव्यापी ट्रेन्ड हो । कविले आफ्नो साँस्कृतिक पृष्ठभूमिबाट यो कविता कृतिको जन्माएको हुनाले कविको सौन्दर्य नै पहिचान भएको हाे,’ कवि मञ्जिलले भने ।

नेपाली साहित्य आकाशमा थेगुवको सपनाहरूको बही कविता कृति नवीन ,उत्कृष्ट र पठनीय बनेको विमर्श कार्यक्रममा सबै प्यानलिस्टहरूले टिप्पणी राखेका थिए ।

गणितीय चिन्हहरुको प्रयोग गरेर कविता लेख्न सिपालु कवि थेगुवाले बही र काठमाडौंलाई खबर दुईवटा कविता वाचन गरेका थिए । उनलाई कवि बाली छथरे र क्षितिज क्षेत्रीले कविता वाचन गरेर सहयोग गरे ।

साधारण, सौम्य र रचनात्मक रूपमा प्राय साहित्यिक  कार्यक्रमहरुमा सर्जकहरूसँग सहकार्य गर्दै गरेको भेटिने कवि थेगुवाको सपनाहरुको बही प्रकाशन हुनुपूर्व सप्तकोशीबाट (२०५४ )संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध (२०६८)गजल काव्य सङ्ग्रह प्रकाशान भइसकेका छन् भने सपनाहरूको वही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो ।

प्राज्ञ शेर्माले कवि थेगुवालाई कवितामा विज्ञान प्रविधि  र गणितीय चिन्हहरुको प्रयोग गरेर यो कविता सङ्ग्रहको प्रतिपादन गरेको हुनाले आइन्सटाइन कविको उपमा दिएका थिए । स्रष्टा पब्लिकेसन दमक झापाबाट प्रकाशनमा आएको कवि थेगुवाको कृति पहिचान पुरस्कार २०८० को उत्कृष्ट ८ मा समेत  छनौट भएको छ ।

याक्थुङ भाषा साहित्य समाजका अध्यक्ष चित्र वनेमकाे अध्यक्षतामा भएको कार्यक्रम सुनिल थेगुबाले सञ्चालन गरेका थिए । कार्यक्रममा विशेष अतिथि कवि तथा प्रदेश एककी सांसद मिना श्रेष्ठले शुभकामना दिएकी थिइन् । कार्यक्रम संयाेजक सुवास तेयुङले स्वागत मन्तव्य दिँदै कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश पारे ।

कार्यक्रममा कविहरू चन्द्र गुरुङ, सेलीङ केसी, राजकुमार सुब्बा अनिश्चित, चन्द्र याेङया, हेमन यात्री, विशाल नाल्वाे, बद्री भिखारी, गजलकार याम थुलुङ, सुनिता तामाङ, रुमानी कुलुङ, दिलिप घिमिरे, भवानी आङ्देम्बे, गीतकार दिलिप राई सगर, किरण टी लिम्बु, साेनु जयन्ती, प्रज्ज्वल पराजुली लगायतका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेकोे थियोे । त्यस्तै, चुम्लुङ इटहरी अध्यक्ष राम नेम्वाङ, वडा ४ सचिव मदन लिम्बु, वाइफिन धरान सचिव समृत मादेनकाे समेत सहभागिता रहेको थियोे ।

Related Articles

Back to top button