साहित्य सिर्जना

गीतकार बुद्धबीर लामासाँझ २८ अक्टोबरका दिन युकेमा हुदै

लण्डन,
नेपाली गीतसंगीतका चिरपरिचित नाम बुद्धबीर लामा, उनको १२ औं गीतिमय एकल साँझ हुने भएको छ ।

इलाम समाज युकेको ब्यवस्थापनमा हुन गईरहेको साँगीतिक साँझमा संगीतकार तथा गायक दिनेश सुब्बाको पनि सहभागिता रहने भएको छ । गीतकार लामा आफैले पनि केही गीत गाउनु हुनेछ भने वहाद्धारा लिखित करिब ५ सय गीतहरु मध्ये केही लोकप्रिय गीतहरु बि. सी. राई, चोक गुरुङ, सुनिता थेवे, गणेश गुरुङ, दिपेन गुरुङ, सुस्मा राई र लिला गोम्देन राई लगायतले गाउने भएका छन् ।

गीतकार लामाले गीत गजल सम्बन्धि ३ पुस्तक समेत लेखिसकेका छन भने उनका दर्जनौ गीतहरु सदावहार लोकप्रिय छन । बादलुको घुम्टोले इलाम बजार छोपिन्दा, धेरैचोटी आँखा जुध्यो तर तिमी बोलेनौ लगायत ।

सर्लाही लगायतको जिल्लाहरुको प्रमुख जिल्ला अधिकारीको (सिडियो) को भूमिका निर्वाह गरिसकेका गीतकार लामा सेवानिवृत्त जीबनमा पनि निरन्तर गीत लेखन, अन्तर्राष्ट्रिय दौडमा भाग लिदै समाज सेवामा समेत सक्रिय छन । उनले सरकारी उच्च तहमा रहेर ३२ बर्ष सेवा गरेका हुन ।

वि.स. २०१५ मा इलामको बौद्धधाममा जन्मेका लामाले राजनीतिशास्त्रमा माष्टरडिग्री तहमा नेपाल बोर्डफष्ट वि.स. २०४४ र रेडियो नेपालबाट आयोजित राष्ट्रब्यापी गीत प्रतियोगितामा दुई पटक प्रथम स्थान, गीत संगीत क्षेत्रका सर्बोच्च पुरस्कार छिन्नलता गीति पुरस्कार, गोर्खा दक्षिणबाहू, महेन्द्र विद्याभूषण लगायतका पदकहरुबाट विभूषित भईसकेका छन ।

काठमाडौंमा बस्दै आउनुभएका लामाका एकछोरा, एकछोरी अमेरिकामा अध्ययनरत छन । आफ्नी बहिनी भेटन युके आईपुगेका गीतकार लामाले बृद्धा आश्रम तथा बाल अनाथालयको च्यारिटी स्वरुप आफ्नो एकल साँगीतिक कार्यक्रम गर्दै हुनुहुन्छ ।

साँझ ५ बजेबाट अल्डरसुटको प्यालेस हलमा कार्यक्रम हुने जनाईएको छ । युकेमा रहेका सम्पूर्ण शुभचिन्तक तथा शुभेच्छुकहरुलाई निमन्त्रणा गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button